१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


तेमालमा धार्मिक तथा सांस्कृतिक पर्यटन प्रवद्र्धनको पहल




२ फागुन ०७८, बनेपा । तामाङ समुदायको सांस्कृतिक तथा धार्मिक पहिचान रहेको तेमाल डाँडामा गुम्बा निर्माण भएको छ । तेमाल गुरु रेन्पोछेको ९गुरु पद्म संभवको पवित्र भूमि० भएकाले त्यसको धार्मिक तथा सांस्कृतिक पर्यटन प्रवद्र्धनको हिसाबले सो गुम्बाले बाह्य तथा आन्तरिक पर्यटन आकर्षण गर्न टेवा पु¥याउने छ ।
काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका ८ योगरका स्थानीय बासिन्दाले तीन दशक अगाडि बनाएको गुम्बा निर्माणको सोच अहिले कार्यान्वयनको चरणमा अगाडि बढिरहेको छ । समाजसेवी जगतमान दोङको नेतृत्वमा उग्येन पुज्युङ डुब्देलिङ गुम्बा निर्माण उपभोक्ता समिति गठन गरी थालनी गरेको कार्यले अहिले गुम्बाको भवन निर्माण गरी बुद्धका विभिन्न आकृतिका मूर्ति बनाउने काम सुरु भएको छ । त्यसरी निर्माण भइरहेको गुम्बा, परम्परा, कला, संस्कृति हेर्न पर्यटक आकर्षण गर्ने स्थलका रुपमा विकास गर्न गुम्बा निर्माण गरिएको दोङले बताए ।
दोङले सामाजिकरुपमा लामा मात्रै पढाउने र ढ्याङ्ग्रो ठटाउने काम मात्रै नभई सामाजिक कार्य, स्वास्थ्य शिविरलगायतका समुदायसँग जोडेर गर्नुपर्ने काम सो गुम्बाको हुने बताए । तामाङ समुदायको परम्परागत ज्ञानको खोजी र त्यसको प्रयोगका काम गर्नका लागि आवश्यक योजना बनाइरहेको उनले बताए ।
“हामीले समाज परिवर्तनका लागि सानो कामबाट सुरु गरौँ भनेर लागिरहेका छौँ”, उनले भने, “बौद्ध शिक्षामार्फत समाज परिवर्तनका लागि सानो प्रयास गरिरहेका छौँ ।” त्यससँगै आर्थिक उपार्जनमा बौद्ध शिक्षाले के गरिरहेको छ भन्ने विषयमा खेन्पो गुरुसँग सल्लाह गरेर त्यसलाई पनि टेवा पुग्ने खालको कामसमेत अगाडि बढाउने योजनाका साथ काम गरिरहेको दोङले बताए ।
सो गुम्बा निर्माणका लागि बुद्धका मूर्ति बनाइरहेका मूर्तिकार उर्गेन वाङ्दीले करिब एक वर्षमा मूर्ति निर्माण गरिसक्ने बताए । “त्यसका लागि हामी तीन चार जना खटिरहेका छौँ”, उनले भने, “मसँगै अरु साथी स्थानीय बासिन्दा नै हुनुहुन्छ ।” मूर्तिकारको काममा अन्य व्यक्तिले सहयोग गरेका छन् । कतिपयले आर्थिक र नहुनेले श्रमदान गरी सहयोग गरिरहेका छन् ।
गुम्बा निर्माणअघि गाउँका बीचमा निर्माण गरेको ओममा वैशाख पूर्णिमाको दिन बत्ती बाल्ने र बेलाबेलामा पूजा पाठ गर्दै आएकामा अब व्यवस्थित ढङ्गले गुम्बाबाट नै धार्मिक तथा सांस्कृतिक सबै काम गर्न पाउने भएका छन् । दोङको आमाका नाममा रहेको दुई रोपनी १५ आना जग्गा आमा बाबाले गुम्बाका नाममा दान गरेपछि आवश्यक रकम जुटाएर गुम्बा निर्माणको काम सुरु भएको उपभोक्ता समितिका अध्यक्ष दोङले बताए ।
स्थानीय मैरानी तामाङ र राममाया तामाङले गाउँमा गुम्बा निर्माण हुँदा खुसी भएको बताए । गुम्बा निर्माणका लागि जग्गा प्राप्त भएपछि अमेरिकामा रहेका कुमार दोङले जुटाएको रु तीन लाख रकमबाट भवन निर्माणका लागि जग खार्ने काम थालनी भएको थियो । अहिले करिब रु ८० लाख नगद रहेको र गुम्बाका लागि भवन निर्माण भएर बुद्धको मूर्ति निर्माण काम थालनी भइरहेको छ ।
सो क्रममा कुमार दोङकै पहलमा करिब रु ३० लाख रकम सङ्कलन गरी पठाइएको र बाँकी रकम आफ्नै नेतृत्वमा सङ्कलन भइरहेको उनले बताए । त्यसका लागि आवश्यक पर्ने सामग्री जुटाएर काम थालनी गरेपछि अहिले स्थानीय बासिन्दा खुसी भएका छन् ।
अहिलेसम्ममा करिब ४०० जना व्यक्तिले आर्थिक सहयोग गरिसकेको गुम्बा व्यवस्थापन समितिले जनाएको छ । ‘धार्मिक तथा सांस्कृतिक कार्य संरक्षण सम्वद्र्धनका लागि सहभागिता गराऔँ, सहभागी बनौँ’ भन्ने नारासाथ भइरहेको सहयोग सङ्कलन जारी रहेको र प्रगतिसमेत भइरहेको उनले बताए ।
भवनको काम सकेर मूर्ति निर्माण भइरहेको र खोर्लो निर्माण गर्नेदेखि स्हुङ९मन्त्र० हाल्ने, बुद्ध, गुरु रेन्पोछे ९गुरु पद्म संभव० र तामाङ राजा ह्रिञ्जेन दोर्जेको इतिहास लेख्ने काम गर्ने योजना बाँकी नै रहेको निर्माण उपभोक्ता समितिले जनाएको छ ।
गुम्बामा परम्परागत ज्ञानमा आधारित उपचार पद्धति सोही गुम्बाबाट सुरु गर्ने योजना छ भने लामा बस्ने, आनी बस्ने र खाना पकाउने घर छुट्टाछुट्टै बनाउने गरी आवश्यक तयारीसमेत भइरहेको छ । वडा नं ८ को टेकानपुरमा १५० घरधुरी रहेको गाउँमा छिमेकी जिल्ला सिन्धुली, रामेछाप र गाउँका समुदायलाई समेत सेवा प्रवाह हुनेगरी बृहत् तरिकाले काम भइरहेको जनाइएको छ । गुरु रेन्पोछेले आठाँै शताब्दीमा तेमालको यारीनाक गुफामा तपस्या९ध्यान० गरेको स्थल भएको बौद्ध धर्मका विज्ञ बताउँछन् । रासस

प्रकाशित मिति : २ फाल्गुन २०७८, सोमबार  ३ : ४५ बजे