१४ फाल्गुन २०८०, सोमबार | Tue Feb 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


भक्तपुरको गुण्डुबाट दिउँसै १ किलो चाँदी र १७ लाख नगद चोरी




३ फागुन ०७८, भक्तपुर । भक्तपुरको गुण्डुबाट दिउँसै १ किलो चाँदी, १७ लाख नगद र सुनका विभिन्न गरगहनाहरु चोरी भएको छ ।
प्रहरीका अनुसार सूर्यविनायक नगरपालिका ७ गुण्डु किवाचोक बस्ने ६३ वर्षीया अन्नपूर्ण खतिवडाको घरबाट नगद १७ लाख रुपैयाँ, १ केजी चाँदी र सुनका बिभिन्न गहना गरी करिब ४६ लाख ५८ हजार २ सय ५५ रुपैयाँ बराबरको धनमाल शनिबार दिउँसो चोरी भएको हो ।
घरमा ताल्चा लगाई घरका सबै सदस्यहरू काभ्रे पनौतीस्थित मकर मेलामा गएकोमा घरको मूल ढोका तथा ३ वटा कोठाको ताला समेत फोडेर दराजभित्र रहेको उक्त धनमाल चोरी भएको प्रहरीको भनाई छ । चोरीको सूचना पाएलगत्तै महानगरीय प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले अनुसन्धानसँगै चोरीमा
संलग्न फरार व्यक्तिहरुको खोजी गरिरहेको जानकारी दिएको छ।

प्रकाशित मिति : ३ फाल्गुन २०७८, मंगलबार  ८ : २८ बजे