१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


आजको संसद् बैठकमा एमसिसी टेबल गर्ने तयारी



फाइल तस्विर

४ फागुन ०७८, काठमाडौं । सरकारले आज बस्ने प्रतिनिधिसभा बैठकमा एमसिसी टेबल गर्ने तयारी गरेको छ । बैठक दिउँसो १ बजे बस्दैछ ।
संघीय संसद सचिवालयले मंगलबार सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा एमसिसी प्रस्तावलाई समावेश गरिएको छैन, सत्तासीन कांग्रेसका नेताहरुले कार्यसूचीमा एमसिसी थपिने प्रतिक्रिया मंगलबार नै दिएका थिए ।
कांग्रेसको मंगलबार सम्मपन्न केन्द्रीय कार्यसम्पादन बैठकले एमसिसीलाई संसदमा टेबल गर्नुपर्ने निस्कर्ष निकालेको थियो । प्रतिपक्षी एमालेका अध्यक्ष केपी ओलीले पनि सभामुखले एमसिसी रोक्न नमिल्ने बताइसकेका छन् । यद्यपि, मतदानमा एमालेको भूमिका के हुन्छ स्पष्ट छैन ।
सत्ता घटक माओवादी केन्द्र र एकीकृत समाजवादीले सदनबाहिर एमसिसीको विरोध गरिरहे पनि दबाबमा छन् । न्युज कारखाना

 

प्रकाशित मिति : ४ फाल्गुन २०७८, बुधबार  ७ : ५७ बजे