४ फागुन ०७८, काठमाडौं । मुलुकमा पश्चिमी न्यून चापिय प्रणालीको आंशिक प्रभाव छ । दिउँसो पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना पनि छ ।
राति पहाडी भूभागमा आंशिक बदली रहनेछ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।
बिहीबार प्रदेश १ का पहाडी भूभागका एक–दुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको आँकलन छ । सोही प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना पनि छ ।
४ फाल्गुन २०७८, बुधबार
0
Shares
प्रतिक्रिया