१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


बन्दले पाेखरा सुनसान, बन्दकर्ताद्वारा गाडी ताेडफाेड



४ फागुन ०७८, सङ्क्रमित । एमसीसीकाे विराेधमा ६ दलीय गठबन्धनले आयाेजना गरेकाे नेपाल बन्दकाे असर पाेखरामा पनि परेकाे छ । बिहानैदेखि बन्दकर्ता चाेकचाेक भने बजार ठप्प प्राय छ । बन्दका कारण नगरबसहरु चलेका छैनन् । लामाे दूरीका गाडीसमेत छुटाउन नसकिएकाे पृथ्वी राजमार्ग बस प्रालिका अध्यक्ष याेगेन्द्र केसीले बताए ।

`कहाँ के हुन्छ थाहा छैन । रिस्क लिएर चलाउन सकिएन,´ उनले भने । पाेखरामा निजी गाडीहरु अलिअलि चलेका छन् । मुख्य मुख्य चोकहरूमा बाक्लो रूपमा सुरक्षाकर्मी तैनाथ गरिएको छ ।

बन्दकर्ताले टायर बालेर बन्दलाई कडा बनाएका छन् । कास्कीमा अप्रिय घटना नभएकाे र सुरक्षा ब्यवस्था कडा बनाएकाे प्रहरी प्रबक्ता सुन्दर तिवारीले जानकारी दिए । लेखनाथमा बन्दकर्ताले बिहान सूर्य नेपालकाे गाडी ताेडफाेड गरेका थिए । शङ्कास्पद गतिविधि गर्ने एक जनालाई नियन्त्रणमा लिएर राखेकाे प्रहरीले जनाएकाे छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०७८, बुधबार  ६ : १२ बजे