११ श्रावण २०८१, शुक्रबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौंको वाग्मती किनारका सुकुम्बासी समस्या समाधानका गर्न समिति गठन




४ फागुन ०७८, काठमाडौं । अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले थापाथली र सिनामङ्गल क्षेत्रको नदी किनारमा अव्यवस्थितरूपमा बसेकालाई हटाउन समिति गठनको तयारी गरेको छ ।
सुकुम्बासीका प्रतिनिधिसँगको छलफलमा भएको सहमतिअनुसार नदी किनारको अव्यवस्थित बस्ती हटाउन समिति गठन गर्ने सहमति भएको समितिका सूचना अधिकारी कमल अर्यालले जानकारी दिएका छन् । समितिमा सुकुम्बासीका एक जना प्रतिनिधिलाई पनि समावेश गराइने भएको छ ।
समितिका सञ्चालक सदस्यको संयोजकत्वमा विज्ञसहितको समिति गठन गरेर समस्या समाधानमा काम गर्ने तयारी भएको छ ।
वाग्मती किनारका सुकुम्बासीलाई व्यवस्थापन गर्न इचङ्गुनारायणमा पाँच वर्षअघि नै सरकारले भवन बनाए पनि सार्न सकेको छैन । बनेका भवन प्रयोगविहीन बनेका छन् । यसअघि समितिले माघ दोस्रो साता सार्वजनिक सूचना प्रकाशन गरी एक हप्ताभित्र वाग्मतीको गुह्येश्वरीबाट थापाथली पुलसम्म स्वीकृति नलिई बनेका संरचना हटाउने समय दिएको थियो ।

यस क्षेत्रमा समितिको स्वीकृति नलिई १३ संरचना निर्माण भएको सूचना अधिकारी अर्यालले बताएका छन् । त्यसमध्ये एउटा संरचना निर्माणकर्ता पक्षले भत्काएका छन् । बाँकी १२ संरचना निर्माणकर्ताले पनि केही दिनमा आफैँ भत्काउने प्रतिबद्धता जनाएकाले समय दिइएको समितिले जनाएको छ । स्वीकृति नलिई बनाएका संरचना भत्काउन समितिले माइकिङमार्फत समेत जानकारी गराइसकेको छ ।
गोकर्णबाट गुह्येश्वरीको नदी किनारमा स्वीकृति नलिई भत्काइएका करिब दुई दर्जन संरचना यसअघि नै समितिले भत्काइसकेको छ । वाग्मती किनारको चोभारसम्म स्वीकृति नलिई बनेका संरचना भत्काएर सौन्दर्य अभिवृद्धि कार्यक्रम अघि बढाइने जनाइएको छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०७८, बुधबार  ६ : १६ बजे