२० मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फोटोफिचर


टुँडिखेलमा मनाइयो राष्ट्रिय प्रजातन्त्र दिवस (तस्विरहरु)



प्रजातन्त्र दिवसको अवसरमा मार्चपास गरिँदै राष्ट्रिय प्रजातन्त्र दिवस २०७८ अवसरमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीका टोलीले मार्चपास गर्दै । तस्वीर : रत्न श्रेष्ठ\रासस

७ फागुन ०७८, काठमाडौं । नेपाली जनता रैतीबाट नागरिक घोषणा भएको ऐतिहासिक दिनका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आज विशेष समारोहको आयोजना गरी राष्ट्रिय प्रजातन्त्र दिवस, २०७८ मनाइएको छ ।

हेलिकोप्टरबाट पुष्पवृष्टि गर्दै नेपाली सेना । तस्वीर : रत्न श्रेष्ठ\रासस

राष्ट्रिय प्रजातन्त्र दिवस, २०७८ मूल समारोह समितिको आयोजनामा सम्पन्न समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, कामु प्रधानन्यायाधीश दीपककुमार कार्की, प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा, मन्त्रीगण, उच्चपदस्थ कर्मचारीलगायतको सहभागिता थियो ।

उडाइएको बेलुनहरु । तस्वीर : अञ्जली थापा, रासस

समारोहलाई उत्सवमय तुल्याउन नेपाली सेनाले राष्ट्रिय प्रजातन्त्र दिवस, २०७८ व्यानर अङ्कित दुई वटा हेलिकोप्टरबाट पृष्पवृष्टि गराएको थियो भने मैदानबाट शान्तिका दूत परेवा र रङ्गीचङ्गी बेलुन उडाइएको थियो । कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलबाट मार्चपासका साथै ‘यो नेपाली शीर उचाली…’सहित देशप्रेमले भरिपूर्ण कालजयी राष्ट्रिय गीतका धून र व्याण्ड प्रस्तुत गरिएको थियो । समारोहलाई प्रधानमन्त्री देउवाले सम्बोधन गरेका थिए ।

राष्ट्रपति विद्यादेवी भण्डारी शनिबार टुँडिखेलमा आयोजित राष्ट्रिय प्रजातन्त्र दिवस कार्यक्रममा सहभागी हुँदा नेपाली सेनाका तर्फबाट गरिएको सम्मानगारत ग्रहण गर्दै । तस्वीर : रत्न श्रेष्ठ\रासस

प्रधानमन्त्री शेरबहादुर देउवा शनिबार टुँडिखेलमा आयोजित राष्ट्रिय प्रजातन्त्र दिवस कार्यक्रममा सम्बोधन गर्दै । प्रम प्रजातन्त्र दिवस मूल समारोह समितिको अध्यक्षसमेत हुन । तस्वीर : रत्न श्रेष्ठ\रासस

प्रकाशित मिति : ७ फाल्गुन २०७८, शनिबार  १२ : ३९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।