७ जेष्ठ २०८१, सोमबार | Mon May 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


भक्तपुरमा टिपरकाे ठक्करबाट ८ वर्षीया बालिकाको मृत्यु



८ फागुन ०७८, भक्तपुर । भक्तपुरमा टिपरको ठक्करबाट ८ वर्षीया बालिकाको मृत्यु भएको छ। काभ्रे महाभारत गाँउपालिका–२ घर भई हाल भक्तपुर चाँगुनारायण नगरपालिका–८ सुडाल बस्ने सूर्यबहादुर मगरकी ८ वर्षीया छोरी बिनिता मगरको मृत्यु भएको हो । महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार अनुसार घाइतेको प्राथमिक उपचारका लागि ख्वप अस्पताल च्यामासिंह लगिएको थियो । थप उपचारको लागि बालिकालाई मध्यपुर अस्पताल ठिमी लगिएको थियो।

त्यही उनको उपचारको क्रममा मृत्यु भएको थियो। शनिबार राति भक्तपुर चाँगुनारायण नगरपालिका ८ सुडाल रानीबारीमा सुडालबाट च्यामासिंहतर्फ जाँदै गरेको बा ४ ख ७३५२ नम्बरको टिपरले बालिकालाई ठक्कर दिएको परिसरले जनाएको छ।

भक्तपुर नगरपालिका ८ जेला बस्ने २७ वर्षीय राजेश कुस्मालाई सवारीसाधनसहित महानगरीय प्रहरी वृत्त जगातीले नियन्त्रणमा लिएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रकाशित मिति : ८ फाल्गुन २०७८, आइतबार  १ : ०६ बजे