१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Uncategorized


बुढानिलकण्ठमा नक्कली सुनको गहना बेच्ने युवक पक्राउ



साँकेतिक तस्विर : इन्टरनेट

७ फागुन ०७८, काठमाडौं । बुढानिलकण्ठमा नक्कली सुनको गहना बेचेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार सिरहा कल्याणपुर घर बताउने ३२ वर्षीय पङ्कज कुमार गुप्तालाई बुधबार प्रहरीले सो आरोपमा पक्राउ गरेको हो ।
काठमाडौं बुढानीलकण्ठ नगरपालिका ८ मानबहादुर मार्ग नजिकै रहेको असिम सुनचाँदी पसलमा सुन जस्तै देखिने नक्कली सुन बेच्न लागेको अवस्थामा गुप्तालाई महानगरीय प्रहरी प्रभाग बुढानीलकण्ठबाट खटिएको प्रहरीले पक्राउ गरेको थियो । उनको साथबाट सुन जस्तो देखिने पहेलो धातुको सिक्री २ थान सहित फेला पारी पक्राउ गरेको हो ।
गुप्ताले काठमाडौं महाराजगञ्जस्थित जयलक्ष्मी सुनचाँदी पसल र ललितपुर सातदोबाटोस्थित ओमलक्ष्मी सुनचाँदी पसलमा अन्दाजी १÷१ तोलाको सुन जस्तो देखिने नक्कली सुनको सिक्रीहरू बिक्री गरिसकेको अनुसन्धानको क्रममा खुल्न आएको छ ।
उनीलाई ठगी आपराधिक बिश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी कसूरमा ५ दिन म्याद अनुमति लिई महानगरीय प्रहरी वृत्त महाराजगंजबाट थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : ९ फाल्गुन २०७८, सोमबार  ११ : ३५ बजे