२१ माघ २०८२, मंगलबार | Wed Feb 4 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


युक्रेन र रुसबीच बढ्दो तनावका कारण तेलको मूल्य ७ वर्षयताकै उच्च विन्दुमा



१० फागुन ०७८, काठमाडौं । युक्रेन र रुसबीच बढ्दो तनावका कारण तेलमा उछाल आएको छ।  अन्तर्राष्ट्रिय बजारमा मंगलबार कच्चा तेलको मूल्य सात वर्षयताकै उच्च विन्दुमा पुगेको छ। मंगलबार कच्चा तेल मूल्य प्रतिब्यारेल ९७.४४ डलर छ।

रुसले युक्रेनी पृथकतावादीहरुको नियन्त्रणमा रहेको दुई क्षेत्रलाई मान्यता दिएको छ र आफ्नो सेनालाई ती क्षेत्रमा पठाउन आदेश दिएको छ। रुसको यो निर्णयपछि बेलायत र अन्य धेरै पश्चिमी देशले रुसमाथि प्रतिबन्ध लगाउने चेतावनी दिएका छन्।

त्यसपछि विश्वभर तेलको आपूर्ति शृंखला प्रभावित हुने आशंका गरिएको छ।साउदी अरेबियापछि रुस विश्वको दोस्रो ठूलो तेल निर्यातक हो। रुस प्राकृतिक ग्यासको सबैभन्दा ठूलो उत्पादक पनि हो।

युक्रेन र रुसबीच जारी संकटको दूरगामी असर पर्ने विज्ञहरू बताउँछन्। म्यानुलाइफ इन्भेस्टमेन्ट म्यानेजमेन्टका सु ट्रिनले भने, ‘रुसमाथि कुनै पनि प्रतिबन्धले विश्वमा कच्चा तेल र प्राकृतिक ग्यासको आपूर्तिमा कमी आउनेछ र अन्तर्राष्ट्रिय अर्थतन्त्रमा असर पर्नेछ।’

कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० डलर पुग्न सक्ने पनि आशंका गरिएको छ।

एजेन्सी

प्रकाशित मिति : १० फाल्गुन २०७८, मंगलबार  ४ : २५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।