१४ माघ २०८२, मंगलबार | Wed Jan 28 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

कला / साहित्य


नायिका पूजाले भनिन्, ‘पललाई प्रहरीले हत्कडी लगाएको मन परेन’



१८ फागुन ०७८, काठमाडौं । नायिका पूजा शर्माले नायक पल शाहलाई प्रहरीले अनुसन्धानका क्रममा हत्कडी लगाएर लगेको मन नपरेको बताएकी छिन् ।
सामाजिक सञ्जालमा लेख्दै नायिका शर्माले पललाई हतकडी लगाएको नै मलाई मन नपरेको रऊ दोषी हो वा होइन भनेर अनुसन्धान नगर्दै हतकडी लगाइएको भन्दै दुखेसो पोखेकी छिन् । सामाजिक सञ्जालमा नायिका शर्मा लेख्छिन्
‘… दोषी प्रमाणित भएपछि हतकडी लगाउँदा मानिन्छ तर अहिले नै हतकडी लगाएर लैजाँदा मलाई एकदमै नराम्रो लाग्यो । यो देखेपछि नेपालमा कलाकारलाई सम्मान नै छैन भन्ने महशुस गरेँ अनि देश एतिकै पछि गएको गएको हैन भन्ने लाग्यो मलाइ’!’
गायिका समिक्षा अधिकारीले केही समयअघि आफूमाथि बलात्कार भएको दावी गर्दै प्रहरीमा उजुरी दिएसँगै नेपाली सिने जगतमा तरंग पैदा भएको छ । नायिका अधिकारीको दावी प्रमाणित भए नायक शाह १२ बर्ष कारावास बस्नु पर्ने हुँदा कलाकारहरु नायक पल शाहको पक्ष र विपक्षमा आफ्नो धारणा सार्वजनिक गरिरहेका छन् ।
यसअघि नायिका रेशा थापा र ऋषा शर्माले गायिका समिक्षा अधिकारीले न्याय पाउनु पर्ने धारणा सार्वजनिक गरिसकेका छन्

प्रकाशित मिति : १८ फाल्गुन २०७८, बुधबार  ११ : ०६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।