२८ बैशाख २०८१, शुक्रबार | Fri May 10 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


 भक्तपुर गय् भिंद्यो हनुमन्त्ते पुलको उद्घाटन   



२१ फागुन ०७८, भक्तपुर ।  नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले आज भक्तपुर नगरपालिका–७ स्थित गय् भिंद्यो हनुमन्त्ते पुलको उद्घाटन गरेका छन् । भक्तपुर नगरपालिकाले आज आयोजना गरेको पुल उद्घाटन कार्यक्रममो पुल उद्घाटन गरेसँगै शिलापत्र अनावरण पनि गरे ।

नेपालमा विदेशीसँग मागेर देश विकास गर्ने गलत प्रवृत्ति हाबी हुँदै गएको बताउँदै अध्यक्ष बिजुक्छेँले देश विकासका आफ्नै स्रोत साधनको परिचालन गर्नुपर्नेमा जोड दिए । भक्तपुर नगरपालिकाले आफ्नै स्रोत र साधनबाट सम्पदा संरक्षण तथा विकास निर्माणमा पारदर्शीरूपमा गरेको काम उल्लेखनीय भएको बताउँदै उनले भक्तपुरका जनप्रतिनिधिको सक्रियता र इमान्दारिताले गर्दा भक्तपुर आज देशकै नमूना नगरका रूपमा विकसित भएको हो चर्चा गरे ।

कार्यक्रममा भक्तपुर नपाका प्रमुख सुनिल प्रजापतिले उपभोक्ता समितिबाट विकास निर्माणको काम गर्ने भक्तपुर नपाको पहिलेदेखिको परम्परा भएको भन्दै भक्तपुर नपाले सार्वजनिक सम्पत्ति संरक्षणमा जोड दिँदै आएको बताए ।

नगरपालिकाको अगुवाइ र स्थानीय जनताको सहभागितामा निर्मित भक्तपुरकै ठूलो गय् भिंद्यो पुल निर्माणबाट स्थानीय जनताको आवागमनमा समेत सहज भएको र पुल निर्माणसँगै यस ठाउँको आकर्षण बढेको उनको भनाइ छ ।कार्यक्रममा वडा नं ७ का वडाध्यक्ष उकेश कवां, वडा नं ५ का वडाध्यक्ष प्रेमगोपाल कर्माचार्य, आदर्श आजाद माविका प्रअ तथा पूर्ववडाध्यक्ष श्रीकृष्ण किसीलगायतले यो पुल निर्माणसँगै ५ र ७ वडा जोड्ने गय् भिंद्यो पुल निर्माणले आवातजावतमा सहज बनाएको बताउँदै नगरभित्र प्रवेश गर्ने भारी सवारीसाधनमा रोक लगाउनुपर्ने बताए ।

कार्यक्रममा पुल निर्माण उद्घाटन उपभोक्ता समितिका कोषाध्यक्ष नारायणप्रसाद कवांले पाँच चरणमा उपभोक्ता समितिबाट निर्माण भएको पुल भक्तपुर नपाको रु तीन करोड दुई लाख ४४ हजार ९६४ र बागमती प्रदेश सरकारको रु एक करोड गरी कूल रु चार करोड दुई लाख ४४ हजार ९६४ को लागतमा निर्माण सम्पन्न भएको बताए ।

प्रकाशित मिति : २१ फाल्गुन २०७८, शनिबार  ८ : २६ बजे