९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


काठमाडौंमा ताम्सिपाखा स्पोर्टस कार्निभल



 


२२ फागुन ०७८, काठमाडौं । काठमाडौँ महानगरको वडा १८ ले पहिलो ताम्सिपाखा स्पोर्टस कार्निभल २०७८ सम्पन्न गरेको छ । फागुन ७ गतेदेखि सुरु भएको कार्निभलमा बास्केटबल, फुटसल, म्याराथन, टेवुलटेनिस र व्याटमिन्टन
गरी ५ वटा खेल समावेश थिए । कार्निभल व्यवस्थापन गर्न ताम्सिपाखा युथ क्लवले सहयोग गरेको थियो ।

कार्निभलका विजेताहरुलाई महानगरका मेयर विद्यासुन्दर शाक्यले पदक, प्रमाण पत्र र नगद पुरस्कार प्रदान गरेका थिए ।

प्रतियोगितामा फुटसल र बास्केटबलमा प्रथम हुनेलाई १८ हजार रुपैयाँ र दोस्रो हुनेलाई १० हजार रुपैयाँ, टेवुल टेनिस र व्याटमिन्टनतर्फ पहिलो हुनेलाई ५ हजार रुपैयाँ र दोस्रो हुनेलाई ३ हजार रुपैयाँ नगद पुरस्कार दिइएको थियो । त्यसै गरी म्याराथनतर्फ पहिलो हुनेलाई ८ हजार, दोस्रोलाई ५ हजार र तेस्रोलाई ३ हजार रुपैयाँ प्रदान गरिएको थियो ।

पुरस्कार वितरणपछि बोल्दै मेयर शाक्यले, खेलका माध्यमबाट स्वस्थ्य सहर निर्माणमा महानगरले लगानी गरिरहेको बताए । ‘खेल क्षेत्रबाट अरु क्षेत्रले सिक्नु पर्ने धेरै आचरण छन् । विजेता बन्नका लागि सीमित अवधिका लागि कडा प्रतिस्पर्धा हुन्छ । खेल सकिएपछि आपसमा पूर्ववत सदभाव जुनसुकै क्षेत्रका लागि पनि सिकाइ हो । खेलका आचरण सहरी व्यवस्थापनका लागि पनि उपयोगी छन् ।’ शाक्यले भने, ‘महानगरले फुटबलका ए, बी, सी, ३ वटै डिभिजनलाई, क्रिकेट, कराँतेलगायतका खेलका लागि सहयोग र प्रवर्धनमा काम गरेका छौँ ।’
‘वडा स्तरीय कार्यक्रममा हामीले युवा सहभागितालाई ध्यान दिएका थियौँ ।’ कार्यक्रममा वडाध्यक्ष न्हुच्छेकाजी महर्जनले भने, ‘वडाका लागि खेलका कार्यक्रम अभिन्न हुन् । यस्ता कार्यक्रमलाई निरन्तरता दिन्छौँ ।’

 

प्रकाशित मिति : २२ फाल्गुन २०७८, आइतबार  ११ : ५३ बजे