२५ फागुन ०७८, ललितपुर । महिला उद्यमीहरुले ललितपुरमा आफूहरुले उत्पादन गरेको सामान विक्रि वितरणका लागि प्रर्दशनी स्थल निर्माण गरि दिन माग गरेका छन् । १ सय १२ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा ललितपुरमा आयोजित कार्यक्रममा महिला उद्यमी महासंघकी वासन्ती प्रधानले आफूहरुले उत्पादन गरेको नेपाली सामान विक्रि तथा प्रर्दशनका लागि स्थायी प्रकृतीको प्रर्दशनी स्थल नभएको बताइन् । उनले भनिन्,‘पाटन बसन्तपुरमा पर्यटकहरुलाई विभिन्न सरसामान विक्रि गरिन्छ । तर त्यो सामान नेपाली हो होइन हामी एकिनका साथ भन्न सक्दैनौं । त्यसैले नेपाली सामान बिक्रि प्रर्दशनका लागि स्थायी प्रर्दशनी स्थल निर्माण गर्न हामी माग गछौं ।’
कार्यक्रममा बोल्दै ललितपुर महानगरका मेयर चिरिवावु महर्जनले आफूले ललितपुरमा बनेका सामान प्रर्दशनीका लागि प्रर्दशनी स्थल बनाउने बताए । उनले भने,ललितपर महानगरपरिसरमै यो प्रर्दशनी स्थल बनाउन सकिन्छ ।
यद्यपी मेयर महर्जनले लामो समयदेखि प्रर्दशनी स्थल निर्माण गर्ने बताइरहे पनि ५ वर्षे कार्यकालमा काम नभएको भन्दै सहभागीले उनको भनाईको आलोचना गरे ।
उपमेयर गिता सत्यालले महानगरको कार्ययोजनामा प्रर्दशनी स्थल निर्माण गर्ने उल्येख भए पनि काम भने नभएको स्वीकार गरिन् ।
नेपाल उद्योग वाणिज्य महासंघकी पुर्वअध्यक्ष भवानी राणाले हस्तकला नगर पाटनमा प्रर्दशनी स्थल नहुनु दुखको कुरा रहेको उल्येख गर्दै प्रर्दशनी स्थल नहुँदा बजार प्रबर्दनमा अप्ठ्यारो परेको बताइन् ।
ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष मनोजबहादुर न्याछ्योंले संघ सधै महिला उद्यमीहरुको साथमा रहेको बताउदै ललितपुरमा लामो समयदेखि प्रर्दशनी स्थलको माग गरे पनि अहिलेसम्म माग पुरा नभएकोमा दुख व्यक्त गरे ।
सिभिल बैक एसएमई प्रमुख किरण खड्काले बैकले महिला उद्यमीहरुलाई सहुलियत कर्जा दिएको बताउदै उत्पादनमुलक उद्यम गर्न बैंकले सधै सघाउने बताए ।
पुर्वउद्योग सचिव भरत बहादुर थापाले वासन्ती प्रधान र किरण खड्काले प्रस्तुत गरेको कार्यपत्रमाथी टिप्पणी गरेका थिए ।उनले कार्यपत्र सर्बसाधरणले बुझ्ने गरी प्रस्तुत गर्नु पर्ने,
बैकले महिलालाई ऋण दिदा विमा हुनु पर्ने विचार व्यक्त गरे । उनले सरकार पिच्छे फरक नारा ल्याउने उल्येख गर्दै थापाले कसैले नयाँ नेपाल,समृद्ध नेपाल जस्ता नारा ल्याउने
तर सबै नारा अलपत्र पर्ने गरेको बताए ।
प्रतिक्रिया