७ जेष्ठ २०८१, सोमबार | Tue May 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


ख्वपका विद्यार्थी रोचक भए नेपाल टपर




२६ फागुन ०७८, भक्तपुर । भक्तपुरको ख्वप माध्यमिक विद्यालयका विद्यार्थी रोचक श्रेष्ठ नेपाल टपर भएका छन् । विद्यालयका कक्षा ११ र १२ उत्तीर्ण भई गएका विद्यार्थी श्रेष्ठ चाटर्ड एकाउन्ट (सिए) परीक्षामा नेपाल टपर हुन सफल भएका हुन् ।
ख्वप माध्यमिक विद्यालय देकोचा भक्तपुरका भाइस प्रिन्सिपल विष्णुप्रसाद किसीका अनुसार रोचकले विद्यालयका विज्ञान संकाय पढेका थिए । उनका अनुसार रोचक शैशिक्ष सत्र २०७३÷०७४ का व्याच हुन् । रोचक स्कुलका पनि उत्कृष्ट अध्ययन गर्ने छात्रको रुपमा रहेको उनले सुनाए ।
भक्तपुर नगरपालिका वडा नं १ का रोचकले सीए क्याप ३ परीक्षाको रिजल्ट आएको सुनाए । उनले सीए क्याप ३ वर्षको परीक्षा स्वअध्ययन गनुपर्ने वर्ष भएको पनि सुनाए ।
रोचक भक्तपुर नगरपालिका –१ का वडा सदस्य इन्द्रकुमार श्रेष्ठका छोरा हुन् ।

 

प्रकाशित मिति : २६ फाल्गुन २०७८, बिहिबार  १० : ५७ बजे