७ मंसिर २०८१, शुक्रबार | Fri Nov 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

कला / साहित्य


नेपाली लेखक संघ महासचिवमा घनेन्द्रले दिए उम्मेदवारी घोषणा




२६ फागुन ०७८, काठमाडौं । लोकतान्त्रिक लेखक, स्रष्टाहरूको साझा संस्था नेपाली लेखक संघको महासचिवमा घनेन्द्र ओझाले उम्मेदवारी घोषणा गरेका छन् । संघले ६ वर्षपछि सातौँ राष्ट्रिय अधिवेशन गर्दै छ । आगामी १८–१९ चैतमा पोखरामा संघको सातौँ राष्ट्रिय अधिवेशन हुँदै छ ।
संघका केन्द्रीय सचिवसमेत रहेका ओझा अखबारी लेखन, पत्रकारिता, साहित्य लेखन र साहित्य अभियानमा सक्रिय छन् ।
अधिवेशन आउन २२ दिन बाँकी रहँदा हालसम्म महासचिवमा मात्र ओझाको उम्मेदवारी घोषणा भएको हो । अन्य पदमा उम्मेदवारी घोषणा भइसकेको छैन ।
ओझाले उम्मेदवारी घोषणा गर्दै आफूले समग्र लोकतान्त्रिक लेखक, स्रष्टालाई ससम्मान समेटेर लैजाने प्रतिबद्धता जनाएका छन् ।
उनले भनेका छन्, ’लामो समय निश्क्रियप्रायः बनेको संस्थालाई पुनर्जीवन दिनु चुनौतीपूर्ण छ तर सम्भव छ, यो काम मैले गर्न सक्छु भन्ने आत्मविश्वास छ ।’

प्रकाशित मिति : २६ फाल्गुन २०७८, बिहिबार  ११ : २२ बजे