२० मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फोटोफिचर


चापागाँउको धुलाम्मे सडकमा प्रधानमन्त्रीलाई स्वागतद्वार (तस्विरहरु)




ललितपुर खबर
२७ फागन ०७८, चापागाँउ ।  प्रधानमन्त्री शेरबहादुर देउवाको स्वागतका लागि चापागाँउको धुलाम्मे सडकमा स्वागतद्वार राखिएको छ ।


ललितपुरको ठेचो र चापागाँउ र बज्रवाराहीमा प्रधानमन्त्रीका लागि स्वागतद्वार राखिएको थियो भने ठेचोदेखि बाटैभरि नेपाली काँग्रेसको चार तारा अंकित झण्डाहरु टागिएको थियो ।
सडकमा घडा समेत राखिएको थियो । घडामा समेत पार्टीको झण्डा राखिएको देख्न सकिन्थ्यो ।


ठाँउ ठाँउमा बुङबुङ धुलो उडेको थियो । यद्यपी नगरपालिकालेठाँउ ठाँउमा ग्राइभेल र माटो हालेर खाल्टा खोपेको देख्न सकिन्थ्यो ।


बज्रवाराहीस्थित नगरपालिका जाने सडक भने रातारात कालोपत्र गरेपछि गोदावरी उद्योग वाणिज्य संघको स्वागतद्वार राखिएको थियो ।
लामो समयदेखि भत्केर कष्टकर यात्रा गरिरहेका स्थानीयबासीले भनेप्रधानमन्त्री आउदा सडक मर्मत भएपछि खुशी भएका छन् ।


सामाजिक सञ्जालमा प्रधानमन्त्री आउदा सडक बनेको कालोपत्र भएको भन्दै स्थानीयबासीले हर्ष व्यक्त गरेका छन् ।

प्रकाशित मिति : २७ फाल्गुन २०७८, शुक्रबार  ९ : १३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।