७ जेष्ठ २०८१, सोमबार | Tue May 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


ललितपुर कांग्रेसले आजदेखि चुनावी अभियान सुरु गर्दै




२९ फागुन ०७८, काठमाडौं । स्थानीय निर्वाचनलाई लक्षित गर्दै नेपाली काँग्रेस ललितपुर आजदेखि एक महिने निर्वाचित लक्षित कार्यक्रम सुरु गर्ने भएको छ ।
आज अपरान्ह ललितपुरको सातदोवाटोस्थित एक पार्टी प्यालेसमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं ललितपुर प्रतिनिधि अम्बिका बस्नेतले ‘घर–घर जाऔं, कांग्रेस जिताऔं’ अभियान सुरु गर्ने भएकी छिन् । नेपाली काँग्रेस ललितपुरका सचिव वशिष्ठ अधिकारीका अनुसार आज जिल्लाका ६ वटा पालिका र ७१ वटै वडा समितिका लागि जिल्ला प्रतिनिधिहरुलाई थप जिम्मेवारी सहित केन्द्रीय निर्देशानुसार प्रत्येक वडासँग समन्वय गराइ परिपत्र समेत उपलब्ध गराइने भएको छ ।


३० वैशाखमा तय भएको स्थानीय तहको निर्वाचनलाई लक्षित गरी कांग्रेसले अभियान सुरु गर्न थालेको हो ।
कांग्रेसका प्रवक्ता प्रकाशशरण महतका अनुसार अभियानका लागि ७७ वटै जिल्लामा केन्द्रीय सदस्य खटाइएको छ ।
यो अभियानमा कांग्रेसले एमसीसी पारित गरिएको कारणबारे प्रष्ट्याउनेछ भने संविधानको रक्षाका लागि कांग्रेसले भूमिका निर्वाह गरेकोबारे जानकारी गराउनेछ बताएको छ ।

प्रकाशित मिति : २९ फाल्गुन २०७८, आइतबार  ८ : २८ बजे