७ जेष्ठ २०८१, सोमबार | Tue May 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


पाटनको महिला उद्यमी मेला उत्साहमय (तस्विरहरु)




२९ फागुन ०७८, पाटन । पाटनको नागबहालमा जारी महिला उद्यमी मेलामा फेशन शो लगायत सास्कृतिक कार्यक्रमका कारण शनिबारको मेला उत्साहमय भएको छ ।
शनिबार साँझ आयोजित सास्कृतिक कार्यक्रममा अमर चित्रकार,सुदिज बज्राचार्य, अमोग बज्राचार्य,सक्षम शर्मा, बविन राजोपाध्याय,सुनिल बज्राचार्यलगायतले स्टेज तताएका थिए ।


कार्यक्रममा तिरश महर्जनको लाखे नाचले वातावरण जात्रामय भएको थियो भने श्रृति शाक्यको बज्रयोगिनी नाचले सहभागीहरुले मनोरञ्जन दिलाएका थिए ।
कार्यक्रममा ड्रेस डिजाइनरहरुको आर्कशक पहिरनसहित मोडलहरु र्याममा उतारिएको थियो । मोडलहरु प्रसिद्धि शाक्य,एञ्जिला शाक्य,सुप्रिया बज्राचार्य,अनुष्का शाक्य, सलोना बज्राचार्य,सुयंका बज्राचार्य,त्रिश्ना शाक्य,प्रियंका बज्राचार्य, सिम्रन शाश्य, रुकिना शाक्य,श्रेया बज्राचार्य लिजला शाक्यले आर्कषक पहिरन पस्केका थिए । फेशन शोमा कोरियोग्राफर शोभा शाक्य र ट्रेनि शनिश शाक्यको डिजाइन प्रस्तुत गरिएको थियो ।


मेलामा साँझपस फुड स्टल र कला तथा फोटो प्रर्दशनीमा आगन्तुकको भीड लागेको थियो । हस्तकलाको लाइभ डेमोस्ट्रेशन र विभिन्न साँस्कृतिक बाजा हेर्ने स्थानीयको पनि उत्तिकै घुइचो लागेको थियो ।
ललितपुर महानगर वडा नं. १६ का वडाध्यक्ष निर्माणरत्न शाक्यले कोरोनापछि मेला आयोजना गरेका कारण पाटनबासीको उत्साजनक सहभागीता भएको बताए । उनले भने, ‘यहाँको आन्तरिक उत्पादनको रुपमा रहेको हस्तकला र स्थानीय उत्पदनहरुको प्रर्दशनी भएकाले धेरैको चासो थियो । राम्रा सहभागिता भयो । हामी सफल भयौं ।’

मेलाको दोश्रो शनिबार विदा परेकोले मेलामा भीड थियो । मेलाको समापन कार्यक्रमसँगै आज साँझ विविध प्रस्तुती रहेको वडाध्यक्ष शाक्यले बताए ।
कार्यक्रममा मिस नेवाकी फस्ट रनरअप प्रिया तण्डुकार अतिथीको रुपमा सहभागी थिइन् ।

 

प्रकाशित मिति : २९ फाल्गुन २०७८, आइतबार  १० : १४ बजे