२६ फाल्गुन २०८२, मंगलबार | Tue Mar 10 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Uncategorized


थिमीबाट किशोरी बलात्कार अभियोगमा होटल सञ्चालक पक्राउ



साँकेतिक तस्विर : इन्टरनेट

१ चैत्र ०७८, भक्तपुर । होटलमा कार्यरत १६ वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा महानगरीय प्रहरी वृत्त थिमिले होटल सञ्चालकलाई पक्राउ गरेको छ ।
किशोरीलाई बलात्कार गरेको अभियोगमा प्रहरीले सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका २ घर भई हाल मध्यपुरथिमि नगरपालिका ६ पुरानो ठिमीमा खाजा पसल सञ्चालन गर्दै आएका २८ वर्षीय प्रदीप मल्ल ठकुरीलाई पक्राउ गरेको महानगरीय प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक नरहरि रेग्मीले जानकारी दिएका छन् ।
ठकुरीलाई आजै अदालतबाट जबर्जस्ती करणी मुद्दामा म्याद थप गरी कारबाही प्रक्रिया अगाडि बढाएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १ चैत्र २०७८, मंगलबार  ९ : ०५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।