७ जेष्ठ २०८१, सोमबार | Tue May 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


पाटनको जुवा अड्डाबाट ११ जना युवाहरु पक्राउ



बरामद सरसामाग्री र नगद । लेन्स : नेपाल प्रहरी

६ चैत्र ०७८, ललितपुर । ललितपुरको पाटनबाट ११ जना जुवा खेलि रहेको अवस्थामा प्रहरीले पक्राउ गरेको छ । महानगरिय प्रहरी परिसर जावलाखेलका अनुसार गतशुक्रबार रातका राती ललितपुर जिल्ला महानगर ८ यल्मुलस्थित ज्ञानी महर्जनको ५ तले पक्की घरको तेश्रो तलाबाट उनीहरुलाई पक्राउ गरिएको हो । रजित महर्जनले यसै घरमा १ वटा कोठा भाडा लिई जुवा तास खेलाई रहेको अवस्थामा उनीहरु पक्राउ परेको प्रहरीको भनाई छ ।
प्रहरीका अनुसार ललितपुर महानगर ८ सुन्धारा वस्ने वर्ष ४५ को श्याम महर्जन, यसै नगरको ७ वडामा वस्ने वर्ष ३५ को गणेश महर्जन, वडा नं. ९ वस्ने वर्ष ४८ को किशोर महर्जन, वडा नं. ६ वस्ने वर्ष २९ को रोशन महर्जन,वडा नं. २० वस्ने वर्ष ३९ को रजित महर्जन,वडा नं. ९ वस्ने वर्ष ४७ को ईन्द्र महर्जन,वडा नं. १२ वस्ने वर्ष ३५ को एनिश महर्जन,वडा नं. २१ वस्ने वर्ष ३० को निकेन महर्जन,वडा नं. ९ वस्ने वर्ष ४० को काजी शेपा,काठमाण्डौ जिल्ला नागार्जुन न.पा. वडा नं. ४ वस्ने वर्ष ४२ को अजय श्रेष्ठ र भक्तपुर ठिमी वस्ने वर्ष २९ को रविन वज्राचार्य रहेका छन् । उनीहरुका साथबाट कौडा गोटी २२ थान, पासा खेल्न प्रयोग हुने लामो गोटी ३ थान,पासा खेल्न प्रयोग हुने छोटो गोटी १६ थान, पासा खेल्न प्रयोग हुने थर्पु कपडा १ थान,नगद रु.७ लाख ४८ हजार बरामद गरिएको छ ।

प्रकाशित मिति : ६ चैत्र २०७८, आइतबार  ७ : ३० बजे