७ जेष्ठ २०८१, सोमबार | Tue May 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


ललितपुरमा एकै दिन ४ सय ३ जनाले दिए म्यादी प्रहरीमा आवेदन




७ चैत्र ०७८, ललितपुर । ललितपुर प्रहरी परिसर जावलाखेलमा आइतबार पहिलो दिन ४ सय ३ जनाले आवेदन दिएका छन् ।
प्रहरी परिसरमा कार्यरत इन्पेक्टर पुस्कर बोगटीका अनुसार ललितपुरमा निर्वाचन प्रयोजनाका लागि १ हजार २ सय ४ जना म्यादी प्रहरीमा आवेदन मागिएकोमा पहिलो दिनमै उत्साहजनक रुपमा युवा युवतीहरुले आवेदन बुझाएका हुन् ।
४० दिनका लागि देशभर १ लाख १९ हजार म्यादी प्रैहरी मागिएको छ ।


आइतबार विहान १० बजेबाट प्रहरीले फरम वितरण गरेको थियो । दिउँसो १ बजे फारम वितरण बन्द भएको प्रहरी परिसरमा भेटिएका रमेश लिम्बुले बताए ।
उनले भने, ‘फारम चाँही चाडै बन्द हुने रहेछ । फारम पाएका सबैले बुझाउन भ्याए ।’
ललितपुरमा ६ वटा स्थानीय तहका लागि म्यादी प्रहरी भर्ना गर्न लागिएको हो ।

प्रकाशित मिति : ७ चैत्र २०७८, सोमबार  ८ : ३३ बजे