२६ फाल्गुन २०८२, मंगलबार | Tue Mar 10 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Uncategorized


ललितपुरमा म्यादी प्रहरीमा दोब्बर आवेदन



१७ चैत ०७८, ललितपुर । स्थानीय तह निर्वाचनका लागि ललितपुरमा म्यादी प्रहरीमा भर्ना हुनका लागि दोब्बरभन्दा धेरैको आवेदन परेको छ । ललितपुर प्रहरी परिसरका प्रवक्ता शिद्धिविक्रम शाहका अनुसार दुई हजार ९०४ जनाले म्यादी प्रहरीमा भर्नाका लागि आवेदन दिएका छन् ।

उनले भने, ‘अघिल्लो पल्टभन्दा केही कम नै हो । तर, एक हजार १२५ जना आवेदन मागेकोमा दुई हजार ९०४ जनाको निवेदन परेको छ ।’ आवेदन दिनमध्ये पनि केही छनौट प्रक्रियामा भाग लिन नआएको एक प्रहरी अधिकृतले बताए । उनले भने, ‘अघिल्लो निर्वाचनको बेला म्यादीमा भर्ना हुने युवाहरू छनौटको पहिलो दिनमा नै भीडभाड हुन्थ्यो । तर, यसपल्ट धेरै भीडको सामना गर्नु परेको छैन ।’

अहिले महिलाको संख्यामा भने केही वृद्धि भएको छ । जावलाखेल फुटबल ग्राउण्डमा भइरहेको शारीरिक छनौट प्रक्रिया बिहीबारसम्म चल्नेछ भने शुक्रबार लिखित परिक्षा हुनेछ । २१ चैत्रमा लिखितमा उत्तीर्णहरूको अन्तर्वार्ता हुनेछ भने २२ चैत्रमा हुने नतिजा प्रकाशनपछि २८ गतेबाट १० दिनसम्म तालिम गरिनेछ ।

 

प्रकाशित मिति : १७ चैत्र २०७८, बिहिबार  १२ : ४४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।