१८ चैत्र ०७८, काठमाडौं । इन्डियन आयल कर्पोरेसन (आईओसी)ले पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ। अप्रिल १ तारिख (चैत १८ गते) पठाएको नयाँ मूल्यसूचीअनुसार लगातार बढिरहेको पेट्रोलको मूल्य सामान्य घटेको नेपाल आयल निगमले जनाएको छ।
नयाँ मूल्य सूचीअनुसार खाना पकाउने ग्यासमा प्रतिसिलिन्डर २७३ रुपैयाँ बढेको छ । त्यस्तै मट्टितेल २२ रुपैयाँ, डिजेल २ पैसा, हवाई इन्धनमा ४ रुपैयाँ बढेको छ । साथै पेट्रोलमा १ रुपैयाँ ४८ पैसा घटेर आएको छ ।
नेपाल आयल निगमको सञ्चित घाटा ३२ अर्ब नाघेको छ । स्वचालित मूल्य प्रणालीअनुसार इन्डियन आयल कर्पोरेसनले अप्रिल १ गते नयाँ मूल्यसूची दिएसँगै निगमको घाटा प्रतिमहिना १० अर्ब नाघेको हो ।
आज प्राप्त मूल्यसूचीअनुसार निगमले आगामी १५ दिनमा ५ अर्ब २१ करोड रुपैयाँ घाटा व्यहोर्नुपर्ने छ । नयाँ मूल्य सूचीअनुसार खाना पकाउने ग्यासमा प्रतिसिलिन्डर २७३ रुपैयाँ बढेको छ । त्यस्तै मट्टितेल २२ रुपैयाँ, डिजेल २ पैसा, हवाई इन्धनमा ४ रुपैयाँ बढेको छ । साथै पेट्रोलमा १ रुपैयाँ ४८ पैसा घटेर आएको छ ।
आगामी दिनमा आपूर्ति व्यवस्था सहज बनाइराख्न अत्यन्त कठिन हुने देखिएको निगमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
प्रतिक्रिया