१७ माघ २०८२, शुक्रबार | Fri Jan 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


पेट्रोलको चरम अभाव सप्तरीमा, प्रतिलिटर ३५० तिर्न उपभोक्ता बाध्य




२० चैत ०७८, काठमाडौं । राजविराजमा बसोबास गर्दै आएका ३० वर्षीय अरूण यादवको म‍ोटर साइकलको पेट्रोल सकियो । उनी शनिवार पेट्रोल खोज्न निस्के। नजिकका सबै पेट्रोल पम्प धाए । पेट्रोल कुनै पम्पमा पाएन् । एक जना स्थानीयको सहयोगमा बोतलको एक लिटर पेट्रोलको ३२० तिरेर तत्काल काम चलाए ।

पेट्रोल डिजल किनेर स्टोकमा राखेकाहरूले अहिले एक लिटरको २५० देखि ३५० रूपैयाँ लिएर उपभोक्तालाईलाई दिँदै आएको स्थानीयको गुनासो छ।
राजविराज( १ का ३५ वर्षीय परमेश्वर झाले शुक्रबार जिल्लाका विभिन्न पेट्रोल पम्पमा तेल खोज्न धाए । बल्लतल्ल एउटा पम्पमा पेट्रोल पाइयो । तर हजार जनाभन्दा बढी संख्यामा उपभोक्ताको लाइन थियो । एक घण्टाभन्दा बढी उभिएर पेट्रोल लिँदा पनि आवश्यकता जति नपाएको बताए।

पेट्रोलको अभावमा सधैं मोटरसाइकल स्कुटीमा देखिनेहरू यतिबेला हिँडेर आवतजावत गरेको देखिन थालेका छन्। इन्धन ढुवानी गर्ने व्यवसायीले विभिन्न माग राखेर डिपोबाट तेल नपठाउँदा पेट्रोलियम पदार्थको अभाव भएको स्थानीय पेट्रोलियम पम्प व्यवसायीहरू बताउँछन् । शनिबार साँझ आन्दोलनरत पक्षसहित सरोकारवालबीच सहमति भएकाले अब पेट्रोलियम पदार्थ सहज हुने आशा गरिएको छ ।

प्रकाशित मिति : २० चैत्र २०७८, आइतबार  १२ : २५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।