
२० चैत ०७८, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा ग्यास लिक भएर विष्फोट हुँदा ३ जनाको मृत्यु भएको छ । बाह्रबिसे नगरपालिका–८ स्थित मानेस्वाँरामा ग्यास विष्फोट हुँदा ३ जनाको बालबालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।
मृत्यु हुनेमा इशाक तामाङ, सरगम तामाङ र दिव्या तामाङ रहेका जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायव उपरीक्षक दक्ष कुमार बस्नेतले जानकारी दिए । उनका अनुसार उनीहरुको उमेर १० वर्ष, ६ वर्ष र साढे २ बर्ष रहेको छ ।
किराना पसलसँगै रहेको खाजा घरमा ग्याँस लिक भएर दुर्घटना भएको बताइएको छ ।








प्रतिक्रिया