३१ बैशाख २०८३, बिहिबार | Fri May 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


ललितपुर सहकारीमा गोर्खालीको समूह निर्वाचित




२१ चैत ०७८, ललितपुर । ललितपुर जिल्ला सहकारी संघ लिमिटेडले नयाँ नेतृत्व चयन गरेको छ । ३० औं वार्षिक साधारण सभाले केदार गोर्खाली नेतृत्वको समूह निर्वाचित भएका छन् ।
आइतबार भएको नयाँ नेतृत्वको निर्वाचनमा संघमा आवद्ध ७८७ मध्ये ४२१ मत खसेको थियो । जिल्ला दुग्ध संघका पुरुषोत्तम बजगाई निर्विरोध निर्वाचित भएका थिए ।
सोमबार विहान निर्वाचन अधिकृत विजयराज घिमिरेले घोषणा अनुसार अध्यक्षमा केदार गोर्खाली, उपाध्यक्ष रामशरण बस्नेत, महिला उपाध्यक्ष शशी खड्का गुरूङ, सचिव अनिलवीर बज्राचार्य, कोषाध्यक्ष रूपेश तिमल्सिना बिजयी भए । महिला सदस्यहरु सुष्मा भुजेल महर्जन, ईन्द्र कुमारी थापा, शान्ता लक्ष्मी खड्गी, शर्मिला सिं तथा शर्मिला तिमल्सिना बिजयी भए ।
निर्वाचनले संचालक समिति (संघ) तर्फ पुरुषोत्तम बजगाई, खुला सञ्चालक समितितर्फबाट नव राज बिष्ट, शम्भुप्रसाद पौडेल, रामभक्त महर्जन, किरण महर्जन, राम गोपाल महर्जन निर्वार्चित भएका छन् । लेखा सुपरिवेक्षण समिति संयोजकमा उपेन्द्र अवाले तथा सदस्यमा बद्री प्रसाद सञ्जेल र महेन्द्र कुमार महर्जनलाई निर्वाचित भएका छन् ।
राजेन्द्र पौडेल अध्यक्ष तथा विभुषण शाक्य उपध्यक्षको प्यानल निर्वाचनमा प्रतिश्पर्धा गरेका थिए ।

प्रकाशित मिति : २१ चैत्र २०७८, सोमबार  ६ : ४१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।