
कोलम्बोका रेलवे स्टेशनमा प्लेटफर्ममा पर्खिरहेका छन स्थानीय । श्रीलंकाले टापुभर कर्फ्यू घोषणा गरेको छ । शनिबार बिहान ६ बजेदेखि सोमबार बिहान ६ बजेसम्म मुलुकले चरम ऊर्जा संकट र बढ्दो मुद्रास्फीतिको सामना गरिरहेको छ । शुक्रबार राष्ट्रपति गोटाबाया राजापाक्षेले असाधारण राजपत्र जारी गर्दै श्रीलंकामा तत्काल लागू हुने गरी सार्वजनिक आपतकाल घोषणा गरेका थिए।
राजापाक्षेले सार्वजनिक सुरक्षा, सार्वजनिक व्यवस्थाको संरक्षण र समुदायको जीवनमा अत्यावश्यक आपूर्ति र सेवाको मर्मतका लागि आपतकाल घोषणा गरिएको बताए। लेन्स : ताङ लु \सिन्ह्वा\रासस
एजेन्सी
२१ चैत ०७८, कोलम्बो । संकटग्रस्त श्रीलंकाका सम्पूर्ण मन्त्रीहरुले सामूहिक रूपमा राजीनामा दिएका छन् । चरम आर्थिक संकटप्रति असन्तुष्ट सर्वसाधारणहरूले प्रदर्शन गरिरहेका बेला २६ जना मन्त्रीहरुको सामूहिक राजीनामा आएको हो ।
तर, प्रधानमन्त्री महिन्द राजापाक्षेले भने राजीनामा दिएका छैनन् । सरकारले लगाएको कर्फ्यूको उल्लंघन गर्दै सर्वसाधारणले सडकमा प्रदर्शन गरेका थिए । श्रीलंकाले सन् १९४८ स्वतन्त्र भएपछिकै सबैभन्दा खराब आर्थिक संकट सामना गरिरहेको छ ।
खाद्यन्न औषधि जस्ता अत्यावश्यक वस्तुको अभाव छ । पेपरको अभावमा सरकारले परीक्षासमेत स्थगित गरेको छ । दैनिक १० घन्टाभन्दा बढी लोडसेडिङ हुने गरेको छ ।








प्रतिक्रिया