२२ आश्विन २०८३, बिहिबार | Thu Oct 8 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


नेपाल टस हारेर ब्याटिङ गर्दै, सोमपाल फर्किए




२१ चैत ०७८, काठमाडौं । त्रिदेशीय अन्तर्राष्ट्रिय टी–२० शृंखलाको फाइनल खेलमा नेपालले पपुवा न्युगिनी (पिएनजी)विरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । फाइनल खेलमा नेपालको टोलीमा एक परिवर्तन भएको छ । यसअघि टोलीमा रहेका कमलसिंह ऐरीको स्थानमा सोमपाल कामीले खेल्ने भएका छन् ।कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पिएनजीले टस जितेर फिल्डिङ गर्ने निर्णय गर्‍यो।

नेपालले शृंखलाको लिग चरणमा सत प्रतिशत जितसहित फाइनलको टिकट काटेको थियो । यस्तै, पिएनजीले भने तीन हार र एक जितसहित फाइनलमा स्थान बनाएको हो ।नेपाल सन्दीप लामिछानेको कप्तानीमा पहिलो शृंखला जित्ने योजनामा छ ।

प्रकाशित मिति : २१ चैत्र २०७८, सोमबार  १२ : २५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।