५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


नेपालले उपाधिका लागि पिएनजीलाई दियो १६९ रनको लक्ष्य



२१ चैत ०७८, काठमाडौं । दीपेन्द्रसिंह ऐरीको अर्धशतक प्रेरित नेपालले त्रिदेशीय अन्तर्राष्ट्रिय टी(२० शृंखलाको फाइनलमा पपुवा न्युगिनी ९पिएनजी०विरुद्ध ६९ रनको लक्ष्य प्रस्तुत गरेको छ ।कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा आएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर ६८ रनको योगफल तयार गर्‍यो ।नेपालका लागि अर्धशतकीय इनिङ खेलेका दीपेन्द्रले सर्वाधिक ५४ रन बनाए । उनले ३८ बलमा पाँच चौका प्रहार गरे ।

नेपालले स्कोरबोर्डमा ४४ रन जोड्दा दुई विकेट गुमाएको नेपालले ८२ रनमै तेस्रो, चौथो र पाँचौ विकेट गुमाएको थियो । यस्तै, नेपालले एक सय १४ रनमा छैटौं विकेट गुमाएको थियो ।नेपालका ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेख क्रमशः २५ रन र २९ रनमा आउट भएका थिए । यस्तै, तेस्रो नम्बरमा ब्याटिङका लागि आएका रोहितकुमार पौडेल दुई रनमा आउट हुँदा दिलीप नाथ र आरिफ शेख डकआउट भएका थिए । यसबाहेक आक्रामक ब्याटिङ गरेका करण केसीले १२ बलमा पाँच चौका र एक छक्कासहित ३३ रन जोडे ।नेपालले लिग चरणमा सत प्रतिशत जितसहित फाइनलको टिकट काटेको थियो । यस्तै, पिएनजीले भने तीनमा हार र एक खेलमा जितसहित फाइनलमा स्थान बनाएको हो ।

प्रकाशित मिति : २१ चैत्र २०७८, सोमबार  २ : १९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।