३१ बैशाख २०८३, बिहिबार | Fri May 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Uncategorized


इमाडोल किस्ट मेडिकल कलेजमा एमबीबीएसका खेताला परीक्षार्थी



२१ चैत ०७८, ललितपुर ।  ललितपुर इमाडोलस्थित किस्ट मेडिकल कलेजमा एमबीबीएस अध्ययनरत विद्यार्थीलाई खेताला परीक्षार्थी बनेर परीक्षा दिइरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाले एमबीबीएस प्रवेश परीक्षामा खेताला परीक्षार्थी बनेका किस्ट मेडिकल कलेजमा प्रथम र तेस्रो वर्षमा अध्ययनरत तीनसहित पाँच जनालाई पक्राउ गरेको हो ।

महाशाखाका प्रवक्ता एसपी कृष्णप्रसाद कोइरालाका अनुसार पक्राउ पर्नेमा महोत्तरीको सम्सी घर भई किस्टमा एमबीबीएस प्रथम वर्षमा अध्ययनरत २२ वर्षीय अमर पण्डित, प्रथम वर्षमै अध्ययनरत सर्लाही चक्रघट्टाका २२ वर्षीय अनिकेत चौधरी, तेस्रो वर्षमा अध्ययनरत सप्तरी राजगढका २६ वर्षीय रामआशिष यादव, भारत विहारका इस्तियाख अहमद र आफ्नो नाममा अर्कैलाई परीक्षा दिन लगाउने महोत्तरी सम्सीका २३ वर्षीय सन्नीकुमार साह छन् ।

विशेष सूचनाका आधारमा प्रहरीले शुक्रबार एमबीबीएसको प्रवेश परीक्षा भइरहेका केन्द्रमा छापा हानेर पाँच जनालाई पक्राउ गरेको हो । इस्तियाख अहमदलाई परीक्षा दिनकै लागि भारतबाट ल्याएको पाइएको छ ।
सन्नीकुमार साहको नाममा एम्बिसन कलेजमा परीक्षा दिइरहेको अवस्थामा अहमदलाई पक्राउ गरिएको एसपी कोइरालाले बताए । सन्नीकुमार परीक्षा केन्द्रबाहिरबाट पक्राउ परेका हुन् ।

 

प्रकाशित मिति : २१ चैत्र २०७८, सोमबार  ३ : ०५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।