४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेश


चीनको सांघाइमा कोरोना बढेपछि अनिश्चितकालीन निषेधाज्ञा जारी




२३ चैत्र ०७८, साघाई । सांघाइ चीनको सांघाइमा जारी निषेधाज्ञालाई थप विस्तार गरिएको छ । निषेधाज्ञाबाट शहरका साढे २ करोड जनसंख्या प्रभावित भएका छन् । सांघाइमा कोभिडका बिरामीहरू ह्वात्तै बढेपछि प्रशासनले यो निर्णय लिएको हो ।
महत्वपूर्ण वित्तीय हव सांघाइमा पछिल्लो एक महिनादेखि संक्रमण बढिरहेको छ । यहाँ दैनिक १३ हजारभन्दा बढी संक्रमित भेटिएका छन् ।
कोभिड संक्रमण बढेपछि केही दिनअघि पूर्वी र पश्चिमी क्षेत्रहरूमा छुट्टाछुट्टै प्रावधानहरू अपनाइएको थियो । तर, अहिले सहरको सबै भूभाग समेट्ने गरी अनिश्चितकालीन निषेधाज्ञा जारी गरिएको प्राप्त विवरणहरूमा जनाइएको छ ।

प्रकाशित मिति : २३ चैत्र २०७८, बुधबार  ८ : ३५ बजे