१० पुस २०८२, बिहिबार | Thu Dec 25 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


काठमाडौंका लागि उडेको बुद्ध एयरकाे जहाज नेपालगञ्जमा अकस्मिक अवतरण



२३ चैत्र ०७८, काठमाडौं ।  धनगढीबाट काठमाडौंका लागि उडेको बुद्ध एयरको उडान नम्बर २५२ एटीआर ७२ जहाज नेपालगञ्ज विमानस्थलमा अकस्मिक अवतरण गरिएको छ। जहाजमा रहेका एक यात्रुको स्वास्थ्यमा समस्या देखिएपछि विमान आकस्मिक अवतरण गरिएको थियो। ‘धनगढीबाट काठमाडौंका लागि उडान नं. २५२ मा एकजना यात्रुमा स्वास्थ्य समस्या देखिएपछि नजिकैको विमानस्थल नेपालगञ्जमा अवतरण गरियो’ बुद्ध एयरले भनेको छ।

विमानस्थलमा स्वास्थ्यकर्मी र एम्बुलेन्सको पनि व्यवस्था थियो। स्वास्थ्यकर्मीको चेकजाँच र यात्रुले ठिक छ भनेपछि उनी आफन्तका साथ बाहिर निस्किएको बुद्ध एयरले जनाएको छ। उक्जत हाज धनगढीबाट ९ बजे उडेको थियो भने साढे ९ मै नेपालगञ्ज अवतरण गरेको थियो। जहाजले यात्रु लिएर ११ बजे काठमाडौं आइसकेको बुद्ध एयरले जानकारी दिएको छ ।

https://www.youtube.com/@lalitkhabar

प्रकाशित मिति : २३ चैत्र २०७८, बुधबार  २ : २९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।