९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

कला / साहित्य


गोदावरी मेलामा डान्स आइडल र टिकटक च्यालेन्ज हुँदै, ३० हजार पुरस्कार



फाइल तस्विर

ललितपुर खबर
२४ चैत्र ०७८, चापागाँउ । भोलि शुक्रबारबाट सुरु हुने गोदावरी कृषि तथा पर्यटन एवं सास्कृतिक महोत्सवमा र ललितपुर स्तरिय खुला नृत्य प्रतियोगिता ललितपुर डान्स आइडल र टिक टक च्यालेन्स हुने भएको छ ।
मेलाका आर्थिक विभाग प्रमुख आर वि शर्माका अनुसार डान्स आइडल जिल्लाव्यापी एकल नृत्य प्रतियोगिताका रुपमा सञ्चालन गरिनेछ । प्रतियोगितामा प्रथम हुनेलाई ३० हजार, दोश्रोलाई २० हजार र तेश्रोलाई १० हजार दिइनेछ । शर्माले भने, ‘भाग लिन चाहनेले चापागाँउ टाहाखेलस्थित गोदावरी उद्योग वाणिज्य संघमा रहेको मेलाको सचिवालयमा तस्विर र परिचयपत्रसहित सम्पर्क गर्न सकिनेछ ।’ प्रतियोगिताको फाइनल अन्तिम दिन हुनेछ । सहभागीले ३ सय रुपैयाँ सहित फारम भर्नु पर्नेछ भने सास्कृति झल्कने भेषभुसामा नृत्य प्रस्तुत गर्नु पर्नेछ ।
मेलामा निर्माण गरिएको एक अर्कषक स्थलमा टिकटक खिचेर सामाजिक सञ्जालमा राखिने व्यवस्था समेत गरिने भएको छ । शर्माका अनुसार टिकटक च्यालेन्जमा सामाजिक सञ्जालमा हुने शेयर कमेन्ट र लाइकलाई आधार बनाएर च्यालेजको उत्कष्ट टिकटकलाई ५ हजार र ३ हजारसहित पुरस्कृत दिइनेछ ।
दक्षिण ललितपुरको सदरमुकामको रुपमा परिचित चापागाँउको टाहाखेलस्थित निर्माणधि न रंगशालामा यही आउँदो शुक्रबारदेखि बैशाख ४ गतेसम्म मेला चल्नेछ ।
सुरताल इभेन्टको व्यस्थापनमा सुरु हुने मेलामा ८० वटा स्टल निर्माण लगभग अन्तिम चरणमा पुगेको छ भने स्टेज आज रातीसम्म पूरा हुने संगीतकर्मी संघ ललितपुरका अध्यक्ष सुवास महतले बताए ।
उनले भने’ ‘मेलामा कृषि, पर्यटनका विभिन्न स्टलसँगै वाल उद्यान विभिन्न रहनेछ ।’
मेलामा टिकटक प्रतिश्पर्धा,ललितपुर डान्स आइडल,विद्यालय स्तरिय नृत्य प्रतियोगिता,खैजडी,धिमे बाजा, पञ्चे बाजा झाँकी, फुड स्टलआदिको रहने महत बताए । उनले भने, ‘मध्य ललितपुरमा पहिलो पल्ट हामीले मेला आयोजना गर्दैछौं । मेलालाई भव्य बनाउन हामी जुटिरहेका छौं ।’
मेलामा जानका लागि अटोको व्यवस्था हुने महतले बताए । उनका अनुसार गोसाईकुण्ड जानकालागि हेलिकप्टरको समेत व्यवस्था गरिदैछ । उनले भने, ‘जीवनकालमा गोसाइकुण्ड हिडेर जाननसकेका बृद्ध बृद्धाहरुले बुकिङ गर्न सक्नु हुन्छ । चापागाँउबाटै गोसाईकुण्ड पु¥याएर हामी फकाईदिन्छौं ।’
गोदावरी नगरपालिकाको आयोजनामा हुन लागेको मेलाको सह आयोजक गोदावरी उद्योग वाणिज्य संघ रहेको छ ।

 

 

प्रकाशित मिति : २४ चैत्र २०७८, बिहिबार  ८ : ३९ बजे