८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

कला / साहित्य


ट्रेजमी मिस ग्लोबल २०२२ हुँदै



२४ चैत्र ०७८,काठमाडौँ । सौन्दर्य प्रतियोगिता ‘ट्रेजमी मिस ग्लोबल इन्टरनेशनल नेपाल २०२२’ को आवेदन फारम खुल्ला गरिएको छ । काजी प्रोडक्सनले गर्न लागेको सौन्दर्य प्रतियोगिता आगामी २०७९ वैशाख ३ गते काठमाडौंमा हुनेछ ।

राजधानीको ठमेलस्थित टोटोज पबमा हुने प्रतियोगिताको ग्राण्ड अडिसनमा १६ वर्षदेखि ३० वर्षसम्म उमेर समूहका युवतीहरुले आवेदन फारम भरी अडिसनमा भाग लिन सक्नेछन ।

संस्थाका सिइओ सुशान्तकाजी श्रेष्ठले उपत्यका लगायत मोफसलका विभिन्न स्थानबाट व्यावसायिक मोडल बन्ने लक्ष्य लिएका युवतीहरु प्रतियोगितामा सहभागी हुन सक्ने बताए । ‘फेसन तथा मोडलिङ क्षेत्रमा प्रवेश गर्न चाहने युवतीहरुको शैक्षिक विकास, व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, रोजगारीको अवसरसँगै उनीहरुको आन्तरिक क्षमता विकास गर्ने हाम्रो उद्देश्य हो’, श्रेष्ठले भने ।

प्रतियोगिताका विजेताले ‘मिस ग्लोबल इन्टरनेशनल नेपाल २०२२’ कोे ताजसहित अन्तर्राष्ट्रियस्तरमा नेपाललाई प्रतिनिधित्व गर्ने अवसरसँगै विभिन्न उपहार पाउनेछन् ।

प्रकाशित मिति : २४ चैत्र २०७८, बिहिबार  ४ : ५५ बजे