६ माघ २०८१, आइतबार | Sun Jan 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


लुभुमा कपडा र बुङमतीमा हस्तकला ग्राम बनाउन ललितपुर चेम्बरको माग




२५ चैत्र ०७८, ललितपुर । ललितपुर चेम्बर आफ कर्मसले ललितपुरले लुभुमा कपडा र बुङमतीमा हस्तकला ग्राम बनाउन संघीय तथा स्थानीय सरकारसँग माग राखेको छ ।
ललितपुरमा आयोजित ललितपर चेम्बरको दोश्रो साधारण सभामा अध्यक्ष पुष्परत्न शाक्यले ८ बुँदे माग राख्दै कोरोना प्रभावित उद्यमीलाई निकाशीजन्य हस्तकलालगायत सरसामानमा प्रोत्साहन अनुदान दिन ललितपुरका व्यावसायीहरुको सर्टिफिकेट अफ ओरिजिन सिफारिस ललितपुर चेम्बरबाट गर्ने व्यवस्था मिलाउन निर्यात बस्तुमा जिएसए लागू गर्न महानगरपालिकाको स्वामित्वमा रहेको पसल कवल ३ वटा चेम्बरको हस्तकला प्रर्दशनीका लागि उपलव्ध गराउन,चेम्बरको भवन निर्माणका लागि जग्गा उपलव्ध गराउने लगायतका माग राखेका हुन् ।
कार्यक्रममा बोल्दै उर्जामन्त्री पम्फा भुसालले संघीय सरकारले सकेको सहयोग गर्ने बताइन् उनले भनिन्,ललितपुर महानगरले पनि उद्योगी व्यावसायीहरुलाई आवश्यक सहयोग गर्न सक्ने हुँदा समन्वय गरेर काम गर्नु होला ।
उर्जामन्त्री भुसालले फरक प्रसंगमा व्यावसायीहरु राजनीतिक दल जस्तो झगडा नगरि किलेर अघि बढ्नु पर्ने बताइन् । उद्यमी व्यावसायीको काँदमा देशको अर्थतन्त्रलाई कायापलट बनाउने जिम्मेवारी रहेको हुँदा मिलेर अघि बढ्नु पर्ने उनको धारणा थियो । मन्त्री भुसालले नेपाल उद्योग बाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र चेम्बरजस्ता धेरै संघ संस्थामा उद्योगी व्यावसायी बाँडिएर काम गर्नु भन्दा मिलेर अघि बढ्दा फाइदा हुने बताएकी थिइन् ।
ललितपु्र महानगरकी उपमेयर गिता सत्यालले भने व्यावसायीहरुले उत्पादन गरेका वस्तुहरुको विक्री तथा प्रवद्र्धनका लागि विक्रि कक्ष निर्माण गरि उपलव्ध गराउने निर्णय भइसकेको बताइन् उनले भनिन्, ‘कार्यान्वयनका लागि पहल गर्न अघि बढ्नुस् ।’
कार्यक्रममा फोटोपत्रकार अशोक दुलाल र पत्रकार सरद ओझलाई पत्रकारितामा उत्कृष्ट योगदान दिएको भन्दै सम्मान गरिएको थियो ।

 

प्रकाशित मिति : २५ चैत्र २०७८, शुक्रबार  १२ : ०७ बजे