
२६ चैत्र ०७८, चापागाँउ । ललितपुर चापाँगाउमा जारी गोदावरी मेलामा आज नवराज घोरासाइनीले स्टेज तताउने भएका छन् । मेलाका संयोजक सुवास महतका अनुसार आज चर्चित दोहोरी गायक नवराज घोरासाइनी, हास्य कलाकार फुर्के वा (पुरुषोत्तम भण्डारी) गायक दिनेश श्रेष्ठ, निशा पोखरेल र हरिमाया तामाङको बेजोड प्रस्तुती रहनेछ ।
कार्यक्रममा नेताहरु संघीय सासंद राजकाजी महर्जन र भाग्यराम महर्जनलगायत सहभागी हुने महतले बताए ।
मेलामा टिकटक च्यालेन्ज सोमबारबाट सुरु हुनेछ भने ललितपुर डान्स आइडल मंगलबार सञ्चालन हुने महतको भनाई छ ।
मेलामा टिकटक प्रतिश्पर्धा,ललितपुर डान्स आइडल,विद्यालय स्तरिय नृत्य प्रतियोगिता,खैजडी,धिमे बाजा, पञ्चे बाजा झाँकी, फुड स्टलआदिको रहने उनले बताए । उनले भने, ‘मध्य ललितपुरमा पहिलो पल्ट हामीले मेला आयोजना गर्दैछौं । मेलालाई भव्य बनाउन हामी जुटिरहेका छौं ।’
मेलामा जानका लागि अटोको व्यवस्था गरिएको महतले बताए । उनका अनुसार गोसाईकुण्ड जानकालागि हेलिकप्टरको समेत व्यवस्था गरिदैछ । उनले भने, ‘जीवनकालमा गोसाइकुण्ड हिडेर जाननसकेका बृद्ध बृद्धाहरुले बुकिङ गर्न सक्नु हुन्छ । चापागाँउबाटै गोसाईकुण्ड पु¥याएर हामी फकाईदिन्छौं ।’
गोदावरी नगरपालिकाको आयोजनामा हुन लागेको मेलाको सह आयोजक गोदावरी उद्योग वाणिज्य संघ रहेको छ ।








प्रतिक्रिया