६ माघ २०८१, आइतबार | Sun Jan 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


अर्थतन्त्रमा सङ्कट छैन, अनावश्यक हल्ला नगरौँ : अर्थमन्त्री   



 

२८ चैत ०७८, काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले मुलुकको अर्थतन्त्रमा कुनै पनि सङ्कट नआएको बताएका छन् । अर्थमन्त्रीले भने, ‘हालसम्म उपलब्ध विवरणका आधारमा पनि अर्थतन्त्रमा ठूलो सङ्कट आएको छैन ।’

अर्थतन्त्रलाई नियमित गतिमा चल्न दिनुपर्ने बताए । उनले व्यवसायी र जनतालाई हतोत्साही बनाउने गरी प्रचार भइरहेको भन्दै त्यस्तो नगर्न आग्रह गरे ।

अर्थतन्त्रलाई नियमति बनाउन सरकार सतर्क भएर लागिपरेको उनको भनाइ छ । मुलुकको पछिल्लो आर्थिक अवस्थाबारे जानकारी दिने उद्देश्यले आज पत्रकार सम्मेलनको आयोजना गरिएको अर्थसचिव मधुकुमार मरासिनीले जानकारी दिए ।

कानूनसम्मत गभर्नरमाथि छानबिन

अर्थमन्त्री जनार्दन शर्माले कानुन सम्मत् तरिकाले नै नेपाल राष्ट्र बैंकका गभर्नरमाथि छानबिन गरिएको बताए ।

छानबिनका लागि समिति गठन भइसकेकाले सोही समितिले दिने रिपोर्टका आधारमा थप निर्णय हुने उल्लेख गरे। गत बिहिबारको मन्त्रिपरिषद्को बैठकले गभर्नर महाप्रसाद अधिकारीमाथि छानबिन गर्ने निर्णय गरेको थियो । गभर्नरमाथि छानबिन समिति गठन भएपछि स्वतः निलम्बन हुने व्यवस्था छ ।

प्रकाशित मिति : २८ चैत्र २०७८, सोमबार  ६ : ०६ बजे