९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


ठाडोभाका खुला प्रतियोगितामा देउकुमारी र अमरध्वजको टोली प्रथम




३० चैत ०७८, काठमाडौं । लमजुङमा चैतेदसै‌को अवसरमा ठाडोभाका खुला प्रतियोगिता आयोजना भएको छ । राइनासकोट सामुदायिक होमस्टे व्यवस्थापन समितिको आयोजनामा भएको प्रतियोगितामा दूधपोखरी गाउँपालिका–४ की देउकुमारी गुरुङ महिला टोली र मध्यनेपाल नगरपालिका(१० थान्सिङका ६७ वर्षीय अमरध्वज गुरुङको पुरुष टोलीले प्रथम पुरस्कार पाएको छ ।

अमरध्वज गुरुङ ठाडोभाकाको पहिलो एल्बमनिकाल्ने व्यक्ति हुन् । लामो समय भारतीय सेनामा कार्यरत रहेका उनीनिवृत्त जीवनपछि फेरि लोकसंस्कृतिको उत्थानमा सक्रिय भएका छन् ।प्रतियोगितामा लमजुङकै राइनास नगरपालिका–१० प्यारजुङका किसबहादुर गुरुङको पुरुष टोली र दूधपोखरी गाउँपालिका(४ को भुन्टीमाया तामाङको टोली दोस्रो भएको निर्णायक समितिका संयोजक एवं ठाडोभाका लोककला प्रतिष्ठान नेपालका वरिष्ठ आजीवन सदस्य सीता दुराले बताए । उनका अनुसार दोर्दी गाउँपालिकाकी ६८ वर्षीया जालुमाया गुरुङ र सुन्दरबजार नगरपालिका(८ भेटेओडारका धनबहादुर गुरुङको टोलीले तेस्रो स्थान हासिल गर्न सफल भएको छ ।

प्रतियोगितामा दूधपोखरी गाउँपालिका३ सानोकाभ्रेका हरिबहादुर गुरुङको पुरुष टिम र सुन्दरबजार नगरपालिका(९ पैरेकी मीनाकुमारी गुरुङको महिला टोलीले सान्त्वना स्थान हासिल गर्न सफल भइन् । दुई दिनसम्म चलेको प्रतियोगितामा ९ टिमले भाग लिएका थिए ।

 

प्रकाशित मिति : ३० चैत्र २०७८, बुधबार  ८ : ०३ बजे