३० चैत्र ०७८, चापागाँउ । नयाँ वर्षको पहिलो दिन विहीबार गायक प्रमोद खरेलले चापाँगाउमा स्टेज तताउने भएका छन् । टाहाखेलस्थित रंगशालामा जारी कृषि मेलामा प्रमोद खरेलसँगै सानु केसी,चर्चित वाइवा,सविता ढुंगाना र लक्ष्मी दर्नालको प्रस्तुती रहने मेलाका संयोजक सुवास महतले बताए । सुरताल इभेन्टको व्यस्थापनमा सुरु भएको मेलामा मेलामा टिकटक प्रतिश्पर्धा,ललितपुर डान्स आइडल,विद्यालय स्तरिय नृत्य प्रतियोगिता,खैजडी,धिमे बाजा, पञ्चे बाजा झाँकी, फुड स्टलआदिको रहने महत बताए । उनले भने, ‘मध्य ललितपुरमा पहिलो पल्ट हामीले मेला आयोजना गरेका छौं । मेलालाई भव्य बनाउन हामी जुटिरहेका छौं ।’
मेलामा जानका लागि अटोको व्यवस्था गरिएको महतले बताए । उनका अनुसार गोसाईकुण्ड जानकालागि हेलिकप्टरको समेत व्यवस्था छ । उनले भने, ‘जीवनकालमा गोसाइकुण्ड हिडेर जाननसकेका बृद्ध बृद्धाहरुले बुकिङ गर्न सक्नु हुन्छ । चापागाँउबाटै गोसाईकुण्ड पु¥याएर हामी फकाईदिन्छौं ।’
गोदावरी नगरपालिकाको आयोजनामा हुन लागेको मेलाको सह आयोजक गोदावरी उद्योग वाणिज्य संघ रहेको छ ।
उनका अनुसार नयाँ वर्षको दिन प्रवेश शुल्क १ सय रुपैयाँ लाग्नेछ ।
३० चैत्र २०७८, बुधबार
0
Shares
प्रतिक्रिया