९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


टीकाभैरव सो क्योकुसिनलाई सर्वाधिक ४ स्वर्ण




३० चैत ०७९, ललितपुर । ललितपुरको टिकाभैरवमा जारी पाँचौं टीका भैरव राष्ट्रव्यापी क्योकुसिन कराते प्रतियोगितामा बुधबार सर्वाधिक ४ स्वर्ण जितेको छ ।
पुरुषमा ५ र महिलामा १ गरी ६ स्पर्धा समावेश प्रतियोगितामा टीका भैरवले सर्वाधिक ४ स्वर्ण जितेको हो । स्वर्णका अलावा टीका भैरवले २\२ रजत र कांस्य पनि जित्यो । बाँकी १–१ स्वर्ण वज्रबाराही र केन्द्रीय डोजोले जिते ।
गोदावरी नगरपालिकाको टीका भैरवमा भएको प्रतियोगिताको पुरुष ३० केजीमा टीका भैरवका अमृत नगरकोटी पहिलो भए । फाइनलमा उनले आफ्नै डोजोका निरोज नगरकोटीलाई पराजित गरे । ४० केजीमा टीका भैरवका निरन स्याङ्तानले फाइनलमा टीका भैरवकै विजय स्याङ्तानलाई हराउदै शीर्ष स्थान हात पारे ।
५० केजीमा टीका भैरवका सुदीप मगरले बाजी मारे । उनले फाइनलमा पाथीभराका सुलिन तामाङलाई पाखा लगाए । ५५ केजीमा वज्रबाराहीका जयराम भुलनले पहिलो स्थान हात पारे । उनले फाइनलमा आईकेकेएफका भनीष कार्कीको चुनौती समाप्त पारे । खुलामा टीका भैरवका अजय तामाङ च्याम्पियन बने । अजयले फाइनलमा वज्रबाराहीका कविन दशारलाई पन्छाए ।

महिला खुलामा केन्द्रीय डोजोकी सिवानी श्रेष्ठले स्वर्ण चुमिन् । शिवानीले फाइनलमा नुवाकोटकी सुविना राईमाथि जित निकालिन् ।
टीका भैरवका अर्जुन नगरकोटी उत्कृष्ट खेलाडी घोषित भए ।
विजेतालाई गोदावरी नगरपालिका मेयर गजेन्द्र महर्जन, आयोजक डोजोका अध्यक्ष प्रकाश खत्री, आयोजक डोजोका प्रमुख रामहरि खड्का, गोदावरी नगरपालिका वडा ६ का अध्यक्ष विष्णुमान महर्जनलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।
समापनका अवसरमा १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत उसुका कांस्य विजेता निकेश श्रेष्ठ, खेलाडीहरु राजेश खड्का, सुरेश तामाङ, सुजन नगरकोटी, सरोज खत्री, पवन तामाङ, राजकुमार श्रेष्ठ, कृष्णहरि थापा, सुविन श्रेष्ठ, हीराकाजी श्रेष्ठ, इन्द्र तामाङ र प्रेम तामाङलाई प्रशंसापत्रसहित सम्मान गरिएको थियो । दुईदिने प्रतियोगितामा १ सय २० खेलाडीको सहभागी थिए । न्युज कारखाना

प्रकाशित मिति : १ बैशाख २०७९, बिहिबार  ७ : ५४ बजे