४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेश


श्रीलंकामा पेट्रोल तथा डिजेल बिक्रीमा सीमा निर्धारण, चरम आर्थिक संकट



३ वैशाख ०७९, काठमाडौं । आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंकाले सवारी चालकहरूको लागि इन्धन आपूर्ति सीमित गरेको छ । सरकारको स्वामित्वमा रहेको सिलोन पेट्रोलियम कर्पोरेसन (सीपीसी)ले दुई पांग्रे सवारी साधन भएका व्यक्तिहरूलाई एक पटकमा बढीमा १ हजार श्रीलंकाली रुपैयाँ बराबरको पेट्रोल दिने भएको छ ।

जबकि तीन पांग्रे सवारी साधनले १५ सय श्रीलंकाली रुपैयाँ मूल्यको इन्धन ९पेट्रोल वा डिजेल० र कार, भ्यान र जिपले ५ हजार रुपैयासम्मको पाउन सक्नेछन् । तर, बस, लरी र अन्य व्यावसायिक सवारी साधनमा भने यो सीमा लागू हुनेछैन ।

यसैबीच, सिलोनका धेरै पेट्रोल स्टेसनबाहिर इन्धन भर्नेहरुको लामो लाइन लागेको छ । धेरैले पेट्रोल लिन घण्टौँ कुरेर पनि खाली हात फर्किन बाध्य भएको गुनासो गरेका छन् ।

प्रकाशित मिति : ३ बैशाख २०७९, शनिबार  ८ : ५३ बजे