३१ बैशाख २०८३, बिहिबार | Thu May 14 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेश


आँधीसँगै आएको बाढीका कारण दक्षिण अफ्रिकामा करिब ४०० जनाको मृत्यु



 

 ४ वैशाख ०७९, काठमाडौं। आँधीसँगै आएको बाढीका कारण दक्षिण अफ्रिकामा करिब ४०० जनाको मृत्यु भएको छ भने ५५ जना बेपत्ता रहेका छन् ।।प्रहरी, सेना तथा स्वयमसेवकले बेपत्ताको खोजी तथा उद्धार प्रयास जारी राखेका छन् । ६ दिन पहिले आएको विनाशकारी आँधीपछि बाढी आउँदा दक्षिण अफ्रिकाको डर्बन क्षेत्रमा जनजीवन प्रभावित भएको हो । आँधी तथा बाढीका कारण १३ हजार ५९३ घरमा क्षति पुगेको छ, त्यसमध्ये करिब चार हजार घर पूर्णरुपमा क्षतिग्रस्त भएका छन् ।

डबर्न क्षेत्रमा ४८ घण्टाको अवधिमा ४५० मिलिमिटर वर्षा भएको थियो, यो वार्षिक रुपमा डर्बन क्षेत्रमा हुने वर्षाको आधार हो ।बाढीका कारण करिब ४१ ह्जार मानिस प्रभावित भएका छन् ।बाढीमा परेर अहिलेसम्म ३९५ जनाको मृत्यु भएको पुष्टि भएको छ । आवासीयसहितका भौतिक क्षति ठूलो मात्रामा भएको स्थानीय अधिकारीले बताएका छन् ।

 

 

 

प्रकाशित मिति : ४ बैशाख २०७९, आइतबार  ७ : ०० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।