३१ बैशाख २०८३, बिहिबार | Thu May 14 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Uncategorized


काठमाडौं आइपुग्यो मेलम्चीको पानी, बागमती किनारमा सतर्कता अपनाउन समितिको आग्रह



६ वैशाख ०७९, काठमाडौं। मेलम्चीको पानी काठमाडौं आइपुगेको छ । आजदेखि मेलम्चीको पानी बागमतीमा छाडिने भएकाले सावधान रहन समितिले आग्रह गरेको छ। बागमती किनारमा बस्नेहरूलाई सावधान रहन मेलम्ची खानेपानी विकास समितिले अनुरोध गरेको हो।

आयोजनाले सुरुङ सफाइ क्रममा मेलम्ची नदीबाट पथान्तरण भई आएको पानी बागमती नदीमा छाडिने भएकाले सावधान रहन सूचना जारी गरेको जनाएको छ।मेलम्चीको पानी छाडिएसँगै बागमती नदीमा पानीको बहाव बढ्दै जाने भएकाले तटीय क्षेत्रका बासिन्दाहरूलाई विशेष सावधान रहन समितिले अनुरोध गरेको हो।गत चैत २९ गते अस्थायी रूपमा मेलम्ची खानेपानी आयोजनाको सुरुङ सञ्चालन भएको थियो। हाल सुरुङ भर्ने काम भइरहेको समितिले जनाएको छ।

प्रकाशित मिति : ६ बैशाख २०७९, मंगलबार  ६ : ४८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।