२७ बैशाख २०८३, आइतबार | Sun May 10 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


गोठाटारमा रहेको नागेश्वर मन्दिरको भेटी समेत चोरी



काठमाडौँ
कागेश्वरी मनोहरा नगरपालिका ९ गोठाटारमा रहेको नागेश्वर महादेव मन्दिरमा चोरी भएको छ । मन्दिर संरक्षण तथा व्यवस्थापन समितिका अध्यक्ष प्रकाश रायमाझीले शनिबार राति मन्दिरको भेटी राखिएको बाकस चोरी भएको जानकारी दिएका छन् ।
आज बिहान पूजा गर्ने क्रममा पुजारीले भेटीको बाकस नदेखेपछि खोजी गर्दा कतै नपाइएकाले जानकारी प्राप्त भएको उनले बताएका छन् ।
बाकस महाशिवरात्रि पर्वपछि नखोलिएकाले त्यसमा करिब रु आठदेखि १० लाख रहेको जनाइएको छ । यहाँ मन्दिर सुरक्षाका लागि राखिएको प्रहरी बिट गत भदौको जेनजी आन्दोलनपछि हटाइएको थियो । समितिले प्रहरी बिट पुनःस्थापनाको माग गर्दै आएको थियो ।
पशुपति क्षेत्रस्थित गौचरणमा रहेको नागेश्वर मन्दिर त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल विस्तारका क्रममा गोठाटारमा स्थानान्तरण गरिएको हो ।

प्रकाशित मिति : २७ बैशाख २०८३, आइतबार  १० : २२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।