१६ कार्तिक २०८१, शुक्रबार | Fri Nov 1 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

कला / साहित्य


पल शाह प्रकरणः पीडित बालिकाका बुबाले फेरे बयान



६ वैशाख ०७८, काठमाडौं । जबरजस्ती करणी गरेको कसुरमा जाहेरी दिने पीडित नाबालिगका बुवाले पनि अदालतमा बयान फेरेका छन् । मंगलबार तनहुँ जिल्ला अदालतमा दिएको बयानमा जाहेरवालासमेत रहेका पीडित नाबालिगका बुवाले आफ्नो बयार फेरेका हुन् ।

पीडित बालिकाका बुवाले छोरीमाथि बलात्कार नभएको तर विभिन्न व्यक्ति तथा संस्थाको उक्साहटमा जाहेरी दिएको होस्टाइल बयान दिएका तनहुँ जिल्ला अदालतका श्रेष्तेदार मिन बहादुर कुँवरले जानकारी दिए । उनका अनुसार नाबालिगका बुबाले आफूलाई प्रलोभनमा पारेर जाहेरी दिन लगाएको बताएका छन् ।

यसअघि पीडित नाबालिगले पनि अदालतमा बकपत्र गर्ने क्रममा आफूले विभिन्न व्यक्तिहरुको उक्साहटमा जाहेरी दिएको तर आफूमाथि करणी नभएको बयान दिएकी थिइन् । तर जाहेरी दिने क्रममा भने पीडित बालिका र जाहेरवालाले विभिन्न मिति र समयमा तनहुँ, नवलपुर र कास्की जिल्लामा जबरजस्ती करणी भएको उल्लेख गरेका थिए ।

गत फागुन ११ गते जाहेरी परेपछि फागुन १५ गते अभिनेतासमेत रहेका अभियुक्त पल शाह(पूर्ण विक्रम शाह)ले तनहुँ प्रहरी पुगेर आत्मसमर्पण गरेका थिए । त्यसलगत्तै अनुसन्धान शुरु गरेको प्रहरीले सरकारी वकिलमार्फत् नवलपुर र तनहुँ जिल्ला अदालतमा छुट्टाछुट्टै मुद्दा दायर गरेको थियो ।

अदालतमा मुद्दा दायर भएपछि तनहुँ जिल्ला अदालत र नवलपुर जिल्ला अदालतले दुवैले तत्काल प्राप्त प्रमाणबाट कसुरदार होइनन् भन्न सकिएन भन्दै पुर्पक्षका लाथि थुनामा पठाउने आदेश दिएको थियो । उक्त आदेशपछि शाह हाल तनहुँ कारागारमा बसेर मुद्दाको पुर्पक्ष गरिरहेका छन् ।

प्रकाशित मिति : ६ बैशाख २०७९, मंगलबार  ७ : ०८ बजे