९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


मुख्यमन्त्री राष्ट्रिय पुरुष कबड्डी प्रतियोगिताको उपाधि आर्मीलाई




८ वैशाख ०७९, कैलाली । मुख्यमन्त्री राष्ट्रिय पुरुष कबड्डी प्रतियोगिताको उपाधि विभागीय टोली नेपाल आर्मी क्लबले जितेको छ । आज भएको फाइनलमा अर्को विभागीय टोली नेपाल एपिएफ क्लबलाई हराउँदै आर्मीले उपाधि जितेको हो ।
आर्मीले एपिएफलाई ४०–१६ ले हरायो । कैलाली जिल्ला कबड्डी सङ्घको आयोजनामा धनगढीमा भएको प्रतियोगिताको उपाधिसँगै आर्मीले रु एक लाख ५० हजार पुरस्कार प्राप्त गरेको छ । उपविजेता एपिएफले रु ८० हजारमा चित्त बुझाएको छ ।
सेमिफाइनल पुगेका दुई टोली सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशले तेस्रो स्थान प्राप्त गरेका छन् । दुवै टोलीले रु ४०÷४० हजार प्राप्त गरेका छन् । सुदूरपश्चिम खेलकुद परिषद् मुख्य प्रवद्र्धक रहेको प्रतियोगिताका विजयी खेलाडीहरुलाई एक कार्यक्रमबीच सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकासमन्त्री गोविन्द बोहोराको प्रमुख आतिथ्यतामा पुरस्कार वितरण गरिएको हो ।

 

प्रकाशित मिति : ८ बैशाख २०७९, बिहिबार  ७ : २० बजे