९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


भुवनले पाए सूर्य नेपाल गल्फ उपाधि



१० वैशाख ०७८, काठमाडौं । नेपाल नम्बर एक गल्फर भुवन नगरकोटी जयराम श्रेष्ठलाई चार स्ट्रोकले हराउँदै सुर्य नेपाल च्यालेन्जको उपाधि जितेका छन ।

प्रतियोगिताको अन्तिम दिन २ अन्डर ६६ को स्कोरमा १३ अन्डर २ सय ५९ को नतिजामा उनले सिजनको दोस्रो उपाधि जितेका हुन । भुवनले पहिलो देखि लगातार चौथो होलमा बर्डी प्रहार गर्दै समग्रमा १५ अन्डरको स्थितिमा पुगेका थिए । जसले उनको उपाधि होडलाई सजिलो बनायो । यसपछि सातौ होलमा बोगी र आठौं होलको बर्डीले फ्रन्ट नाइन ४–अन्डर ३० मा सकाका थिए । १४ औ र १५ औ होलमा एक–एक सट खेर फाले पनि २–ओभर ३६ मा ब्याक नाइनको खेल पुरा गरेका थिए । यसरी १३ अन्डरको सानदार नतिजामा च्याम्पियन बने । यो सिजनको दोस्रो र करियरको दशौं उपाधि जितेका भुवनले एक लाख नगद पुरस्कार प्राप्त गरे गरे ।

अन्तिम दिन ६–अन्डर ६२ को दिनकै उत्कृष्ट स्कोर कार्डमा‌ समग्रमा ९–अन्डर २ सय ६३ सहित दोस्रो स्थान प्राप्त गर्न सफल भए। उनले सात बर्डी प्रहार गर्दा पाँचौ होलमा एक सट खेर फालेका थिए । २–ओभर ७० सहित समग्रमा ६–अन्डर २ सय ६६ सहित सञ्जय लामा तेस्रो भए । एमेच्योरतर्फ सुवाष तामाङले उपाधि जित्न सफल भए । उनले अन्तिम दिन १–ओभर ६९ सहित समग्रमा ५–अन्डर २ सय ६७ सहित उपाधि जित्न सफल भएका हुन्। समग्रमा उनी चौथो भए । ७२ होलको चार दिने प्रतियोगितामा ३८ प्रोफेसनल र २२ एमेच्योर गरी ६० खेलाडीको ‌सहभागिता रहेको थियो ।

 

प्रकाशित मिति : १० बैशाख २०७९, शनिबार  ९ : ११ बजे