१६ कार्तिक २०८१, शुक्रबार | Fri Nov 1 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

कला / साहित्य


गायक प्रमोद खरेल गम्भीर सवारी दुर्घटनामा




१५ वैशाख ०७९, काठमाडौं । गायक प्रमोद खरेलले आफू गम्भीर सवारी दुर्घटनामा परेको जानकारी दिएका छन् । दाङको तुलसीपुरमा हुने कार्यक्रमका सहभागी हुन होटेलमा जानेक्रममा बुधबार साँझ आयोजकले चलाएको कार गम्भीर दुर्घटनामा परेको उनले बताए ।
दुर्घटनामा परेपछि बेहोस भएका गायक खरेलको ४५ मिनेटमा होस खुलेको बताएका छन् । राति नै डिस्चार्ज भएर गायक खरेल काठमाडौं आएर सिटी स्क्यानलगायत सबै परीक्षणपछि अहिले आराम गरिरहेको उनले जानकारी दिए । उनका अनुसार बाहिरी चोट भए पनि आन्तरिक रुपमा कुनै समस्या नदेखिएको र विस्तारै सामान्य हुनेक्रममा रहेको गायक खरेलको भनाइ छ ।
दुर्घटनामा परेपछि गायक खरेलले दुई चार दिन रेकडिङसहितका सबै कार्यक्रम स्थगित गरेका छन् ।
यसबारे जानकारी दिँदै गायक खरेलले फेसबुकमा लेखेका छन् ः
एउटा अर्को युद्ध जीन्दगी सँग काठमाण्डू मा रेकर्डींग सकेर हिजो सा‘झ नेपालंगज ँष्निजत लिएर तुलसीपुर दाङ को हुने कार्यक्रम को लागि राती १ बजे होटल पुग्न १० मिनट मात्र अघि आयोजक ले चलाएको कार गम्भीर दुर्घटना मा पर्यो । कार रोडको पर्खालमा बज्रिएछ। अर्ध निन्द्रा मै मेरो होश त्यहि गुमेछ । दुर्घटना पश्चात कसैले आफ्नो गाडीमा नजिकको अस्पताल पुर्याएर दभम मा बसा‘उदा मात्र झण्डै ४५ मिनट पछि मेरो होश आएछ। त्यस पछि पनि करिब ५÷७ मिनट कहा‘ बाट आए कहा‘ छु पत्तै पाइन। गाड़ी को ब्ष्च दबन र कभबत दभति ले ज्यान जोगाएछ । सँगैका दुइ आयोजक भाइहरु रकताम्य देख्दा छन् मन झनै डरायो । राती ४ बजे होटल अस्पताल डिस्चार्ज भएर काठमांडू आइपुगे। काठमाण्डू मा करिब ६ घण्टा अस्पताल मा ऋत कअबल लगायत सबै जा‘च पछि दभम चभकत मा छु। बाहिरी चोट भएपनि ष्लतभचलब िउचयदझि सबै नेगेटिभ आएको छ। बिस्तारै सामान्य हुने क्रममा छु । अब कम्ति मा ३÷४ दिन सबै रेकर्डीग र अन्य कार्यक्रम स्थगित गरेको छु । आशा छ छिट्टै काममा फर्कने छु । एक हिसाब मा फेरि एक पटक भगवान ले हात थामिदिनु भएको छ । उपचार सम्लग्न म्च च्बलवबल , म्च कचष्वबलब , कष्कतभच ःबलवग , अन्य नर्सहरु ( ःबलmयजबल अबचमष्य त्भबअजष्लन जयकउष्तब)ि , दाङ जयकउष्तब,ि कर्ण ओली , बिमल ढकाल भाइ लगायत सम्पुर्ण प्रति कृतज्ञ छु , नोगेन

 

प्रकाशित मिति : १५ बैशाख २०७९, बिहिबार  १२ : ५० बजे