९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


जिम्बावे ‘ए’ विरुद्ध पहिलो एकदिवसीय खेलमा नेपाल ३ विकेटले पराजित



२३ वैशाख ०७९, काठमाडौं । जिम्बोवे ए विरुद्ध पहिलो एकदिवसीय खेलमा घरेलु टोली नेपाल ३ विकेटले पराजित भएको छ ।

नेपालले दिएको १३७ रनको लक्ष्य जिम्बावे ए ले २६ ओभर खेल्दै ७ विकेट गुमाएर पूरा गर्यो ।

जिम्बावेका लागि ओपनर इन्नोसेन्ट काईयाले एक छेउबाट पारी सम्हाल्दै अविजित रहेर सर्वाधिक ४८ रन बनाए । यस्तै सेफास जुवायो ३२ रन, राए काईयाले १४ रन, ब्राड ईभान्सले १७ रन जोडे ।

बलिङमा नेपालका कप्तान सन्दीप लामिछाने र करण केसीले २–२ विकेट लिए । सोमपाल कामी र सागर ढकालले १–१ विकेट लिए ।

प्रकाशित मिति : २३ बैशाख २०७९, शुक्रबार  ३ : ५१ बजे